प्रथम सहिद लखन थापाको १४८ औं स्मृति दिवस मनाइयो

गोरखा । नेपालका प्रथम सहिद लखन थापाको १४८औँ स्मृति दिवस शुक्रबार विविध कार्यक्रम गरी मनाइएको छ ।
सहिद लखन गाउँपालिकाले उहाँहरुको नाममा निर्मित स्मारकमा दुई दिवसीय कार्यक्रम गरी स्मृति दिवस मनाएको हो । उक्त कार्यक्रममा कृषितर्फका नौ र पशुपालनतर्फका नौ जना उत्कृष्ट किसानलाई गाउँपालिकाले पुरस्कृत गरेको छ । माओवादी सशस्त्र युद्धका सिलसिलामा सहादत प्राप्त गरेका तथा बेपत्ता परिवारका ११ जनालाई सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।
सो अवसरमा सहिद लखन थापा तथा सहिद जयसिँह चुमि मगरको स्मारक निर्माण गर्न जग्गा दिएका जग्गादाताहरुलाई जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापा र गाउँपालिकाका अध्यक्ष रमेश थापाले सम्मान पत्र प्रदान गर्नुभयो ।
सोही अवसरमा आयोजित वडास्तरीय भलिबल प्रतियोगितामा प्रथम हुने वडा नं. १ ले रु एक लाख ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ । दोस्रो स्थान प्राप्त वडा नं. ५, तेस्रो हुने वडा नं. ३ र सान्त्वना प्राप्त वडा नं. ७ ले पुरस्कार प्राप्त गरेका छन् ।
राणा विरोधी गतिविधि गरेबापत लखन थापा र जयसिँह चुमि मगरलाई विसं १९३३ फागुन २ गते फाँसी दिइएको थियो ।
—






‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया