पर्यटन वर्ष उद्घाटन कार्यक्रममा आगोको झिल्कोले बेलुन पड्किँदा अर्थ मन्त्री पौडेल र मेयर आचार्य घाइते

समाधान संवाददाता २०८१ फागुन ३ गते १३:३६

पोखरा । पोखरा पर्यटन वर्ष घोषणा समारोहमा बेलुन पड्किँदा अर्थ तथा उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका छन् ।

Advertisement

प्रमुख अथिति अर्थ तथा उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले स्विच थिचेर बत्ती बालेपछि बेलुन उडाउने क्रममा बिजुलीको बत्तीको झिल्काले बेलुन पड्किएपछि दुवैजनालाई सामान्य चोट लागेको प्रत्यक्षदर्शीले बताएका छन् ।

धेरैवटा बेलुन बत्तीको झिल्का नजिकै राख्दा तातोका कारण बेलुन पड्केका हुन् । अर्थ तथा उपप्रधानमन्त्री पौडेलको कोटमा आगोको छिर्का लागेको छ भने मेयरको गालामा आगोको झिल्काले छोएको छ । उनलाई तत्कालै फिस्टेल अस्पताल लगिएको छ ।

तपाईको प्रतिक्रिया