बेलुनको आगोले अर्थमन्त्रीको अनुहार र हातमा जलन
समाधान संवाददाता
२०८१ फागुन ३ गते १६:०४

पोखरा ।
पोखरा भ्रमण वर्ष उद्घाटन समारोहमा बेलुनमा आगो लाग्दा घाइते भएका अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अनुहार र दुवै हातमा जलन भएको छ । शनिबारको समारोहमा घाइते उनलाई गण्डकी मेडिकल टिचिङ अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि हेलिकोप्टरमा काठमाडौं लगिएको छ । उनलाई काठमाडौं लैजाँदै गर्दा समाधानकर्मी युनिश गुरुङले खिचेको तस्बिरमा मन्त्री पौडेललाई आगोले अनुहारमा पोलेको देखिन्छ । दुवै हातमा व्यान्डेज समेत लगाइएको छ ।
उनीसहित मेयर धनराज आचार्यको कीर्तिपुरस्थित जलन अस्पतालको आइसियुमा उपचार भइरहेको छ ।
सम्बन्धित








पोखरामा हस्तकला तथा गार्मेन्ट मेला
१ लिटर दूधमा १० रुपैयाँ अनुदान
ताल बाराही स्कुल ६८ वर्षमा
हाइड्रोविरुद्ध मादीवासीका २२ बुँदे माग
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया