समता काव्य सन्ध्याको ३७८औं शृंखला सम्पन्न

पोखरा । पोखरेली युवा सांस्कृतिक परिवारद्वारा नियमित रूपमा सञ्चालन हुँदै आएको काव्य वाचन कार्यक्रम ‘समता काव्य सन्ध्या’को ३७८औं शृंखला सम्पन्न भएको छ ।
नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति तथा वरिष्ठ साहित्यकार सरुभक्तले कार्यक्रममा शुभकामना दिँदै पोखरेली युवा सांस्कृतिक परिवारले तीन दशकदेखि निरन्तर सञ्चालन गरिरहेको यस काव्य सन्ध्याले धेरै साहित्यकार जन्माएको बताए । उनले पोखरा जैविक, सांस्कृतिक र प्राकृतिक विविधता भएको सुन्दर भूभाग भएकाले कविहरूले यी विविधतालाई कसरी संरक्षण गर्न सकिन्छ भन्ने विषयमा चिन्तन गर्दै लेखनलाई अघि बढाउनुपर्ने सुझाव दिए । साथै, हाल विश्वभर पर्या–कविता लेखनको प्रवृत्ति बढिरहेको उल्लेख गर्दै नेपाली साहित्यमा पनि यस दिशामा गम्भीर रूपमा अघि बढ्न आवश्यक रहेको धारणा राखे ।
कार्यक्रममा परिवारका सल्लाहकार डा. ईश्वरमणि अधिकारी, छवि सुवेदी, लक्ष्मी थापा, कोशलचन्द्र जिसी, ढाकामोहन बराल, गीता तिवारी, पुछारघरे, हेमन्त हितैषी, एकदत्त लम्साल, भरतराज कोइराला, दीपक अधिकारी, सुबिका घिमिरेलगायतले आफ्ना कविता वाचन गरेका थिए ।
संस्थाका उपाध्यक्ष लक्ष्मण थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभागीय प्रमुख केशु शर्माले स्वागत मन्तव्य राखेकी थिइन् भने कार्यक्रम सञ्चालन संस्थाका सदस्य शिव त्रिपाठीले गरेका थिए ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया