पोखरामा अर्थमन्त्री र मेयर घाइते प्रकरण: गृहले बनायो विज्ञसहित ८ सदस्यीय छानबिन समिति
समाधान संवाददाता
२०८१ फागुन ४ गते १४:२३

काठमाडाैं ।
पोखरामा प्रज्ज्वलनशील बेलुनको बिस्फोट हुँदा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका घटनाको गहिरो अनुसन्धान गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरेको छ।
गृहमन्त्री रमेश लेखकले आइतबार आठ सदस्यीय छानबिन समिति गठन गरेका हुन्। यस समितिको संयोजक कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे रहेका छन्, र यसमा चार वटै सुरक्षा निकायका प्रमुख, साथै विष्फोटक पदार्थका विशेषज्ञहरू पनि सदस्यका रूपमा रहेका छन्। समितिको सचिवको रूपमा सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री तोकिएका छन्।
समितिलाई घटनाको कारण र यसलाई पुनरावृत्तिका रूपमा हुनबाट रोक्नका लागि आवश्यक कदमहरूको अनुसन्धान गर्ने जिम्मेवारी दिइएको छ। समितिले आजदेखि काम थालिसकेको छ र १५ दिनभित्र प्रतिवेदन प्रस्तुत गर्नुपर्नेछ।
सम्बन्धित








फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया