बन्दीपुरमा वडाध्यक्षको कुटपिटबाट वडा सचिव घाइते

पोखरा ।
तनहुँको बन्दीपुर गाउँपालिका ६ का वडाध्यक्ष बलबहादुर गुरुङले वडा सचिव नविन भुषालमाथि कुटपिट गरेका छन् । बन्दीपुरका प्रमुख प्रशासकीय अधिकृत यादवराज आचार्यका अनुसार भलिबल प्रतियोगिताको भुक्तानीको विषयमा विवाद हुँदा वडाध्यक्ष गुरुङले वडा सचिवलाई कुटपिट गरेका हुन् ।
‘उहाँ नयाँ हुनुहुन्छ । भुक्तानीका लागि आवश्यक कागजात नदेखिएपछि प्रक्रिया अघि बढाउने भन्नुभएको थियो । त्यसपछि वडाध्यक्षले दबाब दिएर कार्यालयकै पोशाकमा हातपात गर्नुभयो,’ प्रशासकीय अधिकृत आचार्यले भने । यो घटना सोमबार बिहान १० बजेपछि भएको हो ।
कुटपिटबाट घाइते वडा सचिव भुषालको प्रारम्भिक उपचार बन्दीपुर अस्पतालमा गरिएको थियो । चिकित्सकले थप उपचारका लागि भरतपुर रिफर गरेका छन् । उनको गाला र घाँटीमा चोट लागेको बताइएको छ । यस विषयमा प्रतिक्रिया लिन खोज्दा वडाध्यक्ष गुरुङले आफू प्रहरी कार्यालयमा रहेको भन्दै पछि कुरा गर्ने बताएका छन् । प्रमुख प्रशासकीय अधिकृत आचार्यले कानुनी कारबाही प्रक्रिया अघि बढाइसकेको जानकारी दिए । वडाध्यक्ष गुरुङ नेकपा एमालेका तर्फबाट निर्वाचित जनप्रतिनिधि हुन् ।








शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया