मादीको ठूलास्वाँरामा होमस्टे तालिम, बुलिङटारमा स्वास्थ्य शिविर

पोखरा । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश समितिले कास्कीको मादी गाउँपालिका वडा नम्बर ५ ठूलास्वाँरामा होमस्टे तालिम सञ्चालन गरेको छ । महासंघ अन्तर्गतको सीप विकास इकाइ र दिगो र सम्मानित रोजगारीका लागि परियोजना (इन्स्योर)हेल्भेटास नेपालसँगको साझेदारीमा भएको दोस्रो सीप स्तरोन्नति तालिममा २० जनाको सहभागिता रह्यो ।
पोखरा प्राविधिक शिक्षालयको प्राविधिक सहयोगमा भएको २० दिने (९६ घण्टा) तालिममा डेकेन्द्र तुलाचन, दिनेश श्रेष्ठ र भागी गुरुङले सहजीकरण गरेको नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका कार्यालय प्रमुख निशान खनालले जानकारी दिए ।
तालिम समापन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश समितिका निवर्तमान अध्यक्ष सञ्जीवबहादुर कोइराला, उपाध्यक्ष सूर्यबहादुर भुजेल, पोखरा प्राविधिक शिक्षालयका प्राचार्य हर्कलाल श्रेष्ठ, हेल्भेटास नेपालका प्रतिनिधि प्रतिमा गुरुङ, कार्यक्रम संयोजक शोभा कोइराला लगायतले तालिमको उपदेयताबारे बोलेका थिए ।
नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश समितिले नवलपुरको बुलिङटार गाउँपालिका ४ अर्खलामा निशुल्क स्वास्थ्य शिविर गरेको छ । नेसनल सिटी हस्पिटल प्रालिको प्राविधिक सहयोगमा भएको शिविरमा डा निर्मला लामिछाने, डा भोलाप्रसाद रौनियार, डा अनुप भट्टचन लगायतले बिरामीको स्वास्थ्य परीक्षण गरेको महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले जानकारी दिए ।
कार्यक्रममा बुलिङटार गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष मिनबहादुर आले, नेसनल सिटी अस्पतालका बोर्ड डाइरेक्टर सरोज ढकाल, अस्पतालका प्रमुख कार्यकारी अधिकृत विक्रम अधिकारी, बुलिङटार स्वास्थ्य चौकीमा प्रमुख अशोक श्रेष्ठ, अक्सफोर्ड कलेजका प्राचार्य हरि भण्डारी लगायतले बोलेका थिए ।
तपाईको प्रतिक्रिया