पोखरा विश्वविद्यालयको दीक्षान्त फागुन ८ मा, ७,८७२ विद्यार्थी दीक्षित हुने

पोखरा । पोखरा विश्वविद्यालयको २०औं दीक्षान्त समारोहमा ७ हजार ८ सय ७२ विद्यार्थी दीक्षित हुने भएका छन्। उक्त समारोह आगामी फागुन ८ गते पोखरा विश्वविद्यालयस्थित ढुंगेपाटन, कास्कीमा आयोजना हुने छ।
समारोहमा शिक्षाविद् जोर्ज जोन प्रमुख अतिथि रहने छन् भने प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपति के.पी. शर्मा ओलीले अध्यक्षता गर्ने छन्। त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवम् विश्वविद्यालयका सह–कुलपति विद्या भट्टराईको समुपस्थिति रहनेछ।
दीक्षान्त समारोहमा ३० जना विद्यार्थीलाई विशिष्ट पदक र ७ सय ४५ विद्यार्थीलाई डीन लिस्टको उपाधिबाट सम्मानित गरिनेछ। हाल विश्वविद्यालयका ४ वटा आंगिक क्याम्पस, ३ वटा संयुक्त आंगिक क्याम्पस तथा ५८ वटा सम्बन्धनप्राप्त कलेजहरूमा ६८ वटा कार्यक्रम सञ्चालनमा छन्, जसमा करिब ४० हजार विद्यार्थी अध्ययनरत छन्।
पोखरा विश्वविद्यालयले समयानुकूल पाठ्यक्रम परिमार्जन, एकेडेमिक क्यालेन्डरअनुसार तोकिएको मितिमा नै भर्ना, परीक्षा र परीक्षाफल प्रकाशन गर्दै विद्यार्थी आकर्षण बढाउन सफल भएको बताएको छ। गत वर्षको तुलनामा विद्यार्थी संख्या ३८ प्रतिशतले वृद्धि भएको जानकारी दिँदै विश्वविद्यालयले रोजगारी उन्मुख, प्रविधिमा आधारित पाठ्यक्रम लागू गरेको उल्लेख गरेको छ।
साथै, परीक्षा समयमै सञ्चालन गर्ने र तीन महिनाभित्र परीक्षाफल प्रकाशन गर्ने नीति निरन्तर कायम राखेको विश्वविद्यालयले जनाएको छ। वार्षिक रूपमा १५ सयभन्दा बढी विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति प्रदान गर्दै आएको विश्वविद्यालयले शिक्षा, अनुसन्धान र समुदाय सेवामा उल्लेखनीय योगदान दिइरहेको बताएको छ।
दीक्षान्त समारोह विश्वविद्यालयका सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक तथा सरोकारवालाहरूका लागि ऐतिहासिक अवसर हुने विश्वास गरिएको छ।







पोखरा र जापानको ओत्सुकीबीच पर्यटन, प्रविधि र शिक्षामा सहकार्यको छलफल
पोखराका ११ वडाको भूमि वर्गीकरण सम्पन्न, अन्योल हटाउने महानगरको योजना
जिपिटिएको कर्मचारी क्षमता अभिबृद्वि कार्यक्रम
जेनजी आन्दोलनका बेला तोडफोडमा संलग्न रास्वपा नेतासहित ५ पक्राउ
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
मन लोभ्याउने पुनहिल
पोखरामा रातिसँगै बसेर रक्सी खाए, तेस्रो भेटमै हत्या गरे
तपाईको प्रतिक्रिया