इन्द्र पौडेल पुनः प्रेस चौतारी नेपाल गण्डकी प्रदेश समितिको अध्यक्ष निर्वाचित

पाेखरा । पोखराका पत्रकार इन्द्रप्रसाद पौडेल प्रेस चौतारी नेपाल गण्डकी प्रदेश समितिको अध्यक्षमा पुनः निर्वाचित भएका छन्। सोमबार नवलपुरमा सम्पन्न दोस्रो अधिवेशनमा उनी आगामी तीन वर्षका लागि सर्वसम्मत् अध्यक्ष चयन भएका हुन्। पौडेल कान्तिपुर टेलिभिजनमा कार्यरत छन्, लामो समयदेखि पत्रकारितामा सक्रिय रहेका छन् ।
अधिवेशनमा महासचिवका रूपमा आशबहादुर गुरुङको पुनः चयन भएको छ। गुरुङ कान्तिपुर दैनिकमा कार्यरत छन्, उनी लमजुङका निवासी हुन् । कार्यसमितिमा उपाध्यक्ष इतराज गुरुङ, महिला उपाध्यक्ष रञ्जिता शर्मा, कोषाध्यक्ष मदनराज तिमिल्सिना, र ५ सचिव – सिर्जना बराल, गौरव त्रिपाठी, गोपाल जिटी, बालकृष्ण सुवेदी र दिलबहादुर विक रहेका छन्। सदस्यमा रोशन लामिछाने, राजन पौडेल, डा नरनाथ पाण्डे, हरि सुवेदी, राम सुनार, अर्जुन गाहा सुशान्त, विजय नेपाल, सुवास गौतम, राजन उपाध्याय, दयाराम आचार्य, रञ्जन अधिकारी, रामबहादुर खत्री, शिव बोहरा, र नीरज थकाली छन्।
अधिवेशनको प्रमुख अतिथिका रूपमा प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत उपस्थित थिए। निर्वाचन आयोगका अध्यक्ष गणेश खनाल र अध्यक्ष मण्डलका अध्यक्ष गणेश पाण्डे रहेका थिए । पौडेलले दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएपछि प्रेस चौतारी नेपाल पत्रकारको हकहित, अभिव्यक्ति स्वतन्त्रता, सत्य र न्यायको पक्षमा सदैव सक्रिय रहने प्रतिवद्धता व्यक्त गरे ।
तपाईको प्रतिक्रिया