मुस्ताङ प्रहरीलाई उपकरण

जोमसोम । सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यसहित कालिगण्डकी करिडोर (बेनी जोमसोम कोरला) सडक आयोजनाले केही उपकरण जिल्ला प्रहरी कार्यालय मुस्ताङलाई हस्तान्तरण गरेको छ । आयोजना प्रमुख ध्रुवकुमार झाले मुस्ताङका प्रमुख जिल्ला अधिकारी (सिडियो) विष्णुप्रसाद भुसालको उपस्थितिमा सोमबार जिल्ला प्रहरी कार्यालय मुस्ताङका कार्यालय प्रमुख डिएसपी सूर्यबहादुर बोगटीलाई उपकरण हस्तान्तरण गरेका हुन् ।
आयोजनाबाट गति मापन (सस्पड रडार) तथा मापासे टेस्ट गर्ने उपकरण जिल्ला प्रहरी कार्यालय मुस्ताङलाई हस्तान्तरण भएको मुस्ताङका प्रहरी प्रमुख एवं डिएसपी सूर्यबहादुर बोगटीले जानकारी दिए । यसअघि राष्ट्रिय गौरवको आयोजनाले मुक्तिनाथ जाने भक्तजनको सहजताका लागि आर्थिक वर्ष २०७५÷०७६ मा रेलिङ सहितको सिंढी बाटो निर्माण गर्न १ करोड बजेट विनियोजन गरेको थियो ।
उक्त बजेटबाट मुक्तिनाथको तल्लो गेटदेखि उपल्लो गेटसम्म २ लेनको सिंढी बाटो निर्माण भएको थियो । आयोजनाले उत्तर दक्षिण व्यापारिक मार्ग विस्तारित आयोजना अन्तर्गत कोरला पहुँचमार्ग निर्माणसँगै सामाजिक तथा सृजनात्मक कार्यमा समेत आर्थिक सहयोग पु¥याउँदै आएको आयोजना प्रमुख झाले बताए ।
मुस्ताङ प्रहरीले हिमालपारी यात्रा गर्ने सवारी साधन तथा यात्रुका लागि सवारी चालकसँग १ मिनेट र यात्रुसँग २ मिनेट अभियानसमेत चलाइरहेको छ । अभियानले सोमबार सय दिन पूरा गरेको छ । सवारी चालकसँग १ मिनेटमा सवारी दुर्र्घटना न्यूनीकरण र यात्रुसँगको २ मिनेट कार्यक्रममा यात्रुलाई पर्चा पम्प्लेट वितरण गरी हाइअल्टिच्युडबारे जानकारी दिने गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मुस्ताङका इन्चार्ज भुवन क्षेत्रीले जानकारी दिए ।









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया