गण्डकीका इन्जिनियरको क्षमता बढाउन बर्जर पेन्ट्सले सघाउने

पोखरा। गण्डकीका इन्जिनियरको क्षमता बढाउन नेपाल इन्जिनियर्स एसाेसिएसन गण्डकी प्रदेश र बर्जर पेन्ट्सका बीचमा १ वर्षे सम्झौता भएको छ ।
यस एसोसिएसनले २०८१ भदौ २८ गते निर्वाचित भयर आयपछि इन्जिनियर र इन्जिनियरिङ छेत्रमा विविध कार्यक्रम गर्दै आयको छ। निर्माण क्षेत्रमा क्रियाशील २ हजार ३ सय भन्दा बढी इन्जिनियर एसाेसिएसनमा आवद्ध छन् । सम्झाैता अनुसार १ वर्ष भित्रमा बर्जर पेन्ट्सले ८ लाख रुपैयाँ इन्जिनियरहरुकाे सीप अभिवृद्धिमा र पाेखरामा रहेका ३ वटा ईन्जिनियरिङ कलेजहरुमा अध्ययनरत विद्यार्थीहरुकाे सीपमूलक तालिममा खर्च गर्ने छ । एसाेसिएसनका अध्यक्ष सन्ताेष जिसी र बर्जर पेन्ट्सका कन्ट्री मेनेजर राजिव राेयबीच मंगलबार पोखरामा सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै राजिव राेयले पेन्ट्स र यसकाे प्रयाेगबरे जानकारी दिँदै रङ्ग मिलाएर लगाउन जाने लामाे समय सम्म टिक्ने हुनाले तालिम प्राप्त पेन्टरबाट लगाउनु पर्नेमा जाेड दिए । साेहि कार्यक्रममा एसाेसिएसनका पूर्व अध्यक्ष रमेश बास्ताेलाले कार्यक्रमकाे सफलताकाे शुभकामना व्यक्त गरेका थिए । एसाेसिएसनका अध्यक्ष सन्ताेष जिसीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष विशाल थापा र सञ्चालन सहसचिव मञ्जु शिलाकारले गरेकाे सदस्य महेन्द्र पाैडेलले जानकारी दिए ।






जेलबाट छुटेकै दिन पतिद्वारा पत्नीको हत्या
आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया