बुद्व विशाल बजारमा झण्डोत्तोलन

पोखरा ।
बुद्व विशाल बजार व्यापारिक एसोसियसन पोखरा ४ ले प्रजातन्त्र दिवसको उपल्यक्ष्यमा एसोसियसनको लोगो अंकित झण्डा र राष्ट्रिय झन्डा झण्डोत्तोलन गरेको छ । एसोसियसनका मानार्थ सदस्य तथा उच्च स्तरीय समन्वय समितिका संयोजक केशवबहादुर खत्रीले फागुन ७ गते प्रजातन्त्र दिवसको दिन सबै नेपालीका लागि विशेष दिन भएको बताए ।
खत्रीले अहिलेको आर्थिक मन्दीको विषम परिस्थितिमा आफ्नो व्यवसाय टिकाउनु नै व्यवसायीको अहिलेको मुख्य चुनौती रहेको बताए । उनले अहिलेको अवस्थामा भाडामा सकिन्छ घटाएर नत्र यथास्थितिमा राखेर व्यवसाय बचाउनका लागी घरधनीहरूलाई आग्रह गरे । कार्यक्रममा बुद्व विशाल बजार व्यापारिक एसोसियसनका सल्लाहकार माधव सिग्देलले बुद्व विशाल बजारका व्यवसायीका लागि पनि मंगलबार एतिहासिक भएको बताए ।
एसोसियसनका अध्यक्ष ईन्द्रराज अर्यालको सभापतित्वमा भएको कार्यक्रममा एसोसियसनका उपाध्यक्ष बुद्विबहादुर कुँवर, महासचिव राजु केसीले पनि बोलेका थिए । कार्यसमिति सदस्य ईन्द्रमाया गुरूङले ससुरा शेरबहादुर गुरूको स्मृतिमा एसोसियसनको छात्रवृत्ति कोषका लागि पाँच हजार रूपियाँ एसोसियसनका अध्यक्ष ईन्द्रराज अर्याललाई हस्तान्तरण गरिन् ।








‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया