४३ युनिट रगत सकंलन
समाधान संवाददाता
२०८१ फागुन ७ गते १९:४६

पोखरा ।
जुत्ता व्यवसायी संघ कास्कीले पाचौं पटक आयोजना गरेको रक्तदानमा ४३ युनिट रगत संकलन भएको छ । पोखरा महानगरपालिका ८ का वडाध्यक्ष रूद्रनाथ बरालले पहिलो रक्तदाता संस्थाका सल्लाहकार रामप्रसाद अधिकारीलाई ब्लड ब्याग हस्तान्तरण गरी रक्तदान सुरुआत गरे ।
बरालले सबैभन्दा ठूलो दान रक्तदान आयोजना गरेकोमा संघलाई धन्यवाद दिए । जुत्ता व्यवसायी संघ कास्की अध्यक्ष हेमकृष्ण श्रेष्ठले संघले सामाजिक उत्तरदायित्व बहन गर्दै रक्तदान कार्यक्रम आयोजना गरेको जनाए । बेलैमा रगत नपाएमा मान्छेको जीवन जोखिममा पर्ने उल्लेख गर्दै उनले रगत दानबारे जनचेतना बढाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा संघका उपाध्यक्ष तथा कार्यक्रम संयोजक लीलाम्बर सुवेदी, महासचिव मुक्तिप्रसाद पनेरु लगायतले बोलेका थिए । कार्यक्रममा रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा भएको हो ।
सम्बन्धित








गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
विकट गाउँमा रेन्बो ट्राउटपालन गर्दै पूर्वप्रहरी विकास
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया