इन्जिनियरलाई ब्रजरको साथ

पोखरा ।
नेपाल इन्जिनियर एसोसिएुन गण्डकी प्रदेश र ब्रजर पेन्ट्सबीच इन्जिनियर तथा आर्किटेकको सीप अभिवृद्धि तथा विद्यार्थीका लागि सीपमूलक तालिम सञ्चालन गर्ने उद्देश्यका साथ एक वर्षे सम्झौता भएको छ ।
गण्डकी प्रदेशमा क्रियाशील २ हजार ३ सयभन्दा बढी इन्जिनियर आबद्ध रहेको एसोसिएसन र ब्रजर पेन्ट्सबीचको सम्झौता अनुसार पेन्ट्सले एक वर्षका लागि ८ लाख रुपैयाँ लगानी गर्ने छ । या् रकम इन्जिनियरहरूको व्यावसायिक दक्षता अभिवृद्धि तथा पोखराका तीन वटा इन्जिनियरिङ कलेजमा अध्ययनरत विद्यार्थीका लागि सीपमूलक तालिममा खर्च गरिनेछ ।
सम्झौतामा नेपाल इन्जिनियर एसोसिएसन गण्डकी प्रदेशका अध्यक्ष इ सन्तोष जिसी र ब्रजर पेन्ट्सका कन्ट्री म्यानेजर राजीव रोयले हस्ताक्षर गरेका छन्। कार्यक्रममा रोयले रंग मिलाएर लगाउने प्रविधि तथा यसको दीर्घकालीन टिकाउपनबारे जानकारी दिँदै तालिम प्राप्त पेन्टरबाट मात्रै पेन्टिङ गरिनुपर्नेमा जोड दिए ।
सो अवसरमा एसोसिएसनका पूर्व अध्यक्ष इ रमेश बाँस्तोला, उपाध्यक्ष इ विशाल थापा, सहसचिव मञ्जु शिलाकार रसदस्य महेन्द्र पौडेलले बोलेका थिए ।









ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया