जुडो स्पर्धा हुने
पोखरा ।
कास्की जिल्ला जुडो संघको आयोजनामा ‘जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता–२०८१’ हुने भएको छ । संघले फागुन ९ र १० गते प्रतियोगिता गर्न लागेको हो ।
पोखरा रंगशाला स्थित मल्टिपल कर्भड हलमा सो प्रतियोगिता २ दिनसम्म सञ्चालन हुने भएको छ । यस प्रतियोगितामा देशैभरबाट विभिन्न तौल समूह अन्तर्गत महिला र पुरुष गरी १ सय ५ खेलाडी सहभागी हुने भएका छन् ।
खेलाडीहरुको क्षमता अभिवृद्धि र प्रोत्साहान स्वरुप सो कार्यक्रमको आयोजना गरिएको संघका सचिव ज्योति हमालले बताइन् । प्रतियोगितामा पुरुषतर्फ २५, ३५, ४०, ४५, ५०, ५५, ६०, ६६ र ७३ केजी गरी ९ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । उहाँले बताउनुभयो । महिलातर्र्फ २५, ३५, ४०, ४४, ४८, ५२ र +५७ केजी गरी ७ तौल समूहमा प्रतिस्पर्धा हुने भएको छ ।
संघका अध्यक्ष पद्म छन्त्यालले यस क्षेत्रमा जुडो खेलको समग्र विकासका साथसाथै राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न प्रतियोगिता सहयोगी बन्ने अपेक्षा गरे । २०६६ सालमा पोखरा रंगशालामा १० खेलाडीबाट घाँसे मैदानमा स्वयमसेवक प्रशिक्षक रवि चौधरीले यो खेल खेलाउन सुरु गरेका थिए । हाल पोखरा रंगशालाभित्र रहेको जुडो हलमा ५१ जना खेलाडीलाई दैनिक चौधरीले प्रशिक्षण दिइरहेका छन् ।









म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
कागतीले बजार नपाउँदा बागलुङका किसान समस्यामा
धौलागिरि अस्पतालमा नर्सिङ पढाइको तयारी
पोखरामा हस्तकला तथा गार्मेन्ट मेला
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया