विद्याज्योतिका विद्यार्थीलाई सोसल सर्भिसको सहयोग

पोखरा ।
पोखरा ३ नदीपुरमा रहेको माउन्ट अन्नपूर्ण माविमा कक्षा ११ र १२ मा रहेका विद्यार्थी सम्मिलित सोसल सर्भिस क्लबले शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको छ । बुधबार कास्कीको मादी गाउँपालिका ५ ठुलास्वाँरामा रहेको विद्याज्योति आधारभूत विद्यालयका २९ विद्यार्थीका लागि स्कुलमा नै पुगेर शैक्षिक सामग्री वितरण गरिएको हो ।
ती शैक्षिक सामग्री बिद्यार्थी तथा शिक्षकको आर्थिक सहयोगमार्फत खरिद गरी बितरण गरिएको क्लबका सचिव दृष्य गुरुङले जानकारी दिइन् । मादी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष होमनाथ अधिकारीले सोसल सर्भिस क्लबले गरेको सहयोगले विद्यालयका बिद्यार्थीलाई शैक्षिक क्षेत्रमा सहयोग पुग्ने बताए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष भीम गुरुङले विद्यालयको आर्थिक स्रोत निकै कमजोर भएको अवस्थामा क्लबले गरेको सहयोगले पठनपाठनमा सहयोग हुने बताए । विद्यालयका प्रधानाध्यापक महेन्द्र पौडेलले यस्तो कदमले सिकाइमा सहयोग गर्ने जनाए ।
माउन्ट अन्नपूर्ण माविका प्रशासक चित्र गुरुङले विद्यालयमा गठन गरिएको क्लबले समाजसेवा गर्ने गरेकोमा खुसी व्यक्त गरे । उनले विद्यार्थीलाई किताबी ज्ञानमा मात्रै ुस्मित नगरी अन्य समाजसेवाका गतिबिधिमा समेत लाग्न आग्रह गरे ।
क्लबका अध्यक्ष प्रथम श्रेष्ठले शिक्षकहरुको प्रेरणाबाट क्लब गठन भएको बताउँदै क्लबले समाज र शिक्षाको क्षेत्रमा काम गदै जाने योजना बनाएको सुनाए । कार्यक्रममा माउन्ट अन्नपूर्ण माविका लेखा प्रमुख नवराज पौडेल, विद्यालयका सहायक प्रधानाध्यापक कृष्णकुमारी अधिकारी, क्लबउपाध्यक्ष मिलन श्रेष्ठ लगायतले बोलेका थिए ।









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया