नवआदर्शको रक्तदान

पोखरा ।
नवआदर्श सामुदायिक विकास समाज लामाचौरले आयोजना गरेको रक्तदानमा १ सय ५ युनिट रगत संकलन भएको छ । हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा समाजको वार्षिक कार्यक्रम अन्तर्गत रक्तदान आयोजना गरिँदै आएको छ ।
यस वर्षको रक्तदान कार्यक्रम २५ औं संस्करणको भएको संस्थाका अध्यक्ष दिनेश भण्डारीले बताए । पोखरा १६ वडा अध्यक्ष अमृत शर्मा तिमिल्सिना र वडा नं. १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले रक्तदाता एवं संस्थाका पूर्वअध्यक्ष द्वयबुद्धिबहादुर खत्री क्षेत्री र नवीन भण्डारीलाई संयुक्त रुपमा ब्लड ब्याग हस्तान्तरण गर्दै रक्तदान शुभारम्भ गरे ।
क्षेत्रीले संस्थाको कार्यक्रममा २३ औं पटकको रक्तदान गरिसकेका छन् भने भण्डारीले संस्थामा २४ पटक रक्तदान गरेका थिए । प्रादेशिक रक्त संचार केन्द्रका महेन्द्र केसीले संघ, संस्थाको नियमित रक्तदान कार्यक्रमकै कारण प्रदेशमा निशुल्क रगत उपलब्ध गराउन सकिएको जनाए ।
युवा रेडक्रस सर्कल गण्डकी बोर्डिङ स्कुल, एलसी ब्रदस्र युनाइटेड लामाचौर र जुनियर रेडक्रस सर्कल ईन्द्रराज्य लक्ष्मी मावि लामाचौरको सहआयोजनामा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । संस्थाका अध्यक्ष दिनेश भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा द्वितीय उपाध्यक्ष हरिबहादुर थापा, सचिव शोभा बाँनिया, पोखरा १६ वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना र वडा नं. १९ का वडा अध्यक्ष पुष्पेन्द्र पाण्डेले बोलेका थिए ।








‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया