ठकुरी समाजलाई सिधिङ कप

समाधान संवाददाता २०८१ फागुन ७ गते २०:०४

पोखरा ।
किम्चेलाई ३–१ ले पराजित गर्दै ठकुरी समाजले प्रथम सिधिङ कप भलिबल प्रतियोगिता २०८१ को उपाधि हात पारेको छ । समाज पहिलो र अन्तिम २ सेट जित्दै उपाधि आफ्नो कोल्टोमा पार्न सफल भएका हो ।

Advertisement


ठकुरी समाजले उपाधिसँगै नगद ८५ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पा¥यो । घान्द्रुकको किम्चेले उपविजेतामा चित्त बुझाउँदै नगद ५० हजार साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । गल्र्यङले घलेललाई पराजित गर्दै तृतीय स्थानका साथ नगद ३० हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र ग¥यो । घलेले सान्त्वना पुरस्कार स्वरूप नगद २० हजारका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।


विधागत पुरस्कारतर्फ सर्वोत्कृष्ट खेलाडी विवेक ठकुरी, बेस्ट स्पाई कर समीर विक, बेस्ट सेटर अशोक ठकुरीले र बेस्ट मिडिल ब्लकर विश्वास ठकुरी बने । भेट्रान्स खेलतर्फ उत्तम समूहले तक्क्रोलाई पराजित गर्दै प्रथम स्थान हात पा¥यो । भेट्रान्स प्रथमले नगद ३० हजार र द्वितीयले नगद २० हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् ।


घोडा दौड प्रतियोगितामा प्रथम हुँदै हरिप्रसाद भण्डारीले नगद १५ हजार र द्वितीय उमनाथ पौडेले नगद १० हजार हात पारे । सिधिङ युनाइटेड युथ क्लबको आयोजनामा माघ ३० गतेदेखि जारी साबिक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सिधिङ खेलकुद मैदानमा भएको थियो ।


कार्यक्रममा माछापुच्छ्रे« गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले खेलकुदले समाजमा एकता र समन्वयको भावना सिर्जना गर्न महत्वपूर्ण भूमिका खेलेको बताउँदै माछापुच्छ्रे« गाउँपालिकाले खेलकुदलाई प्राथमिकता राखेको बताए । गाउँपालिका प्रवक्ता एवं वडा न.२ का अध्यक्ष गणेश आचार्यले युवा र खेलकुद अहिलेको समाजको प्रमुख पक्ष भएको बताए ।

Advertisement


क्लब अध्यक्ष शुकबहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक मोहन सिंह तामाङ र सचिव प्रज्वल क्षेत्रीले पनि बोलेका थिए ।

तपाईको प्रतिक्रिया