मेयर आचार्य डिस्चार्ज
समाधान संवाददाता
२०८१ फागुन ८ गते ११:५७

पोखरा ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य अस्पतालबाट डिस्चार्ज भएका छन् । अस्पतालमा भेटघाट गर्न आउनेहरुको संख्या धेरै हुन थालेपछि त्यसबाट जोगाउन उनलाई डिस्चार्ज गर्न लागिएको हो ।
घाटी र हातको घाउ दैनिक रुपमा ड्रेसिङ गर्नुपर्छ, भेटघाट बढी हुँदा ईन्फेक्शनको डर भएकाले अस्पतालले गोप्य ठाउमा बस्न सुझाउदै आजै डिस्चार्ज गरेकाे हाे- मेयर आचार्यले समाधानसँग भने ।
सुगरका कारण उनको घाउ सन्चो हुन समय लागिरहेको छ । सुगर भएका मानिसको घाउ संक्रमण हुने खतरा धेरै हुन्छ । धेरै भेटघाटले संक्रमणको खतरा बढाउछ । आचार्य अझै कम्तिमा हप्ता दिन काठमाण्डु मै रहेर उपचार जारी राख्नेछन् ।
पोखरा भ्रमण वर्ष-२०२५ उद्घाटन समारोहमा बेलुन पड्कदा मेयर आचार्य र संघीय सरकारका अर्थमन्त्री विष्णु पौडेल घाईते भएका थिए । पौडेल यसअघि नै डिस्चार्ज भैसकेका छन् ।
सम्बन्धित









राष्ट्रियसभा निर्वाचन : पोखरामा स्थापना भयो निर्वाचन अधिकृतको कार्यालय
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
कागतीले बजार नपाउँदा बागलुङका किसान समस्यामा
धौलागिरि अस्पतालमा नर्सिङ पढाइको तयारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया