आन्तरिक पर्यटन प्रवद्र्धन गर्दै घार्मीका महिला

पोखरा । पोखरा १९ घार्मीका महिलाले आन्तरिक पर्यटन प्रवद्र्धन गर्न, छिमेकी जिल्लामा रहेका महत्वपूर्ण पर्यटकीय स्थल अवलोकनलाई प्राथमिकतामा राखेका छन् । प्रत्येक वर्ष नयाँ ठाउँ अवलोकन गर्ने गरेका महिलाले यस वर्ष तनहुँको प्रसिद्ध धार्मिक स्थल ढोरबाराही र बाजस्थला क्षेत्रको अवलोकन गरी धार्मिक तथा पर्यटकीय गतिविधिबारे जानकारी लिएका हुन् ।
स्थानीय मनकामना आमा समूहमा आबद्ध करिब ५० महिलाको टोलीले बुधबार सो क्षेत्रमा पुगेर आन्तरिक पर्यटन प्रवद्र्धन गरेको समूहका अध्यक्ष भगवती पौडेलले जानकारी दिइन् । आफ्नो गाउँ पनि पर्यटकीय स्थलको रूपमा विकास हुँदै गएको र पर्यटक आवागमन बढ्दै गएकाले अन्य क्षेत्रमा पनि के कस्तो पर्यटन प्रवद्र्धन भएको छ, त्यसको जानकारी लिन अवलोकन भ्रमण गरिएको अध्यक्ष पौडेलले बताइन् ।

ढोरबाराही महत्वपूर्ण धार्मिक क्षेत्र भए पनि सो क्षेत्रसँगै जोडिएको बाजस्थला भने ओझेलमा परेको महसुस गरेको टोलीमा सहभागी महेन्द्र मावि घार्मीका प्रधानाध्यापक वासुदेव पौडेलले बताए । अवलोकनसँगै बाजस्थला क्षेत्रको पदयात्रा गरेका अनिता बराल पौडेल, कमला घिमिरे र पार्वती दाहालले बाजस्थला प्रचुर पर्यटकीय सम्भावनाको क्षेत्र रहेको बताए ।
अवलोकनका लागि पुगेकी ८६ वर्षीय तुलसी पौडेलले वृद्ध उमेरमा पनि यस्ता महत्वपूर्ण क्षेत्रको अवलोकन गर्न पाउँदा निकै खुसी लागेको सुनाइन् । शुक्लागण्डकी नगरपालिका वडा नम्बर ९ मा पर्ने सो स्थलबाट पृथ्वी राजमार्गसहित त्यस आसपासको रमणीय दृश्यको अवलोकन गर्न सकिन्छ । दलित र जनजाति समुदायको बाहुल्य रहेको सो क्षेत्रमा परम्परागत घर देख्न पाइन्छ ।
उक्त क्षेत्रको विकासका लागि टोल विकास समिति सक्रिय रहेको बताइन्छ । त्यहाँ रहेको बाजस्थला ट्रेडिसनल होम रिसोर्टले दृश्यावलोकनका लागि पुग्ने पर्यटकलाई परम्परागत खाना र बासको सुविधा दिएको छ । रिसोर्टमा गाउँघरमा प्रयोग हुने परम्परागत सामग्री समेत प्रदर्शनीमा राखिएको छ ।
पर्यटकीय वातावरण बनाउन र पर्यटन विकासमा महिलालाई सक्रिय बनाउन पनि विभिन्न ठाउँको अवलोकन गर्ने गरी वार्षिक कार्यतालिका नै बनाइएको समूहका सचिव लीलादेवी पौडेलले जानकारी दिइन् । समूहले यसअघि आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले स्याङ्जाको दरौं सिरुवारी अवलोकन गराएको थियो ।









गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
विकट गाउँमा रेन्बो ट्राउटपालन गर्दै पूर्वप्रहरी विकास
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया