सामुदायिक बगरको खुला रक्तदान

पोखरा । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बगरको आयोजनामा खुला रक्तदान आयोजना गरिएको छ । ७५ औं प्रजातन्त्र दिवसको अवसरमा संस्थाले बुधबार गरेको २२ औं खुला रक्तदानमा ४५ जनाले रक्तदान गरे ।
वडा प्रहरी कार्यालय बगर कास्की, नेपाल रेडक्रस सोसाइटी उपशाखा १, पोखरा महानगरपालिका वडा नं.१, २, ३, ४, १६ र १९ को सहयोगमा कार्यक्रम भएको हो । कार्यक्रममा जिल्ला प्रहरी कास्कीका प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बगरका उपाध्यक्ष दुर्गादत्त भुगाइलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेका थिए ।
प्रहरी उपरीक्षक ओलियाले जनताको स्वास्थ्य र सुरक्षामा सामुदायिक प्रहरी सेवाको योगदान प्रशंसनीय रहेको बताए । कार्यक्रम संयोजक चित्रबहादुर थापाले आर्थिक, नैतिक र भौतिक रुपमा सहयोग गर्ने सबैलाई आभार व्यक्त गरे ।
कार्यक्रममा माघ १९ गते सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको १८ औं वार्षिक साधारण सभा तथा १० औं अधिवेशनबाट अध्यक्ष भीम पराजुलीको नेतृत्वमा निर्वाचित नयाँ कार्यसमितिलाई बधाई ज्ञापन तथा सफल कार्यकालको शुभकामनाका साथ सम्मान गरिएको थियो ।
सामुदायिक बैदाम र कालिका अध्यक्ष तथा प्रतिनिधिलाई समेत सफल कार्यकालको शुभकामना दिइयो । कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. १ का अध्यक्ष साहारा प्रधान, १९ का अध्यक्ष पुष्पेन्द्र पाण्डे, १६ का अध्यक्ष अमृत तिमिल्सिना, वडा प्रहरी कार्यालय बगर कास्की प्रमुख प्रहरी निरीक्षक देवराज भट्टराइ, सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वयका अध्यक्ष भीम पराजुली, संस्थाका सल्लाहकार तथा सामुदायिक सेवा जिल्ला समन्वयका वरिष्ठ उपाध्यक्ष मनपति भण्डारी, निवर्तमान अध्यक्ष रामभूषण पराजुली, नेपाल रेडक्रस सोसाइटी उपशाखा १ बगरका सभापति जीवन अधिकारी, सामुदायिक सेवा केन्द्र बैदामका अध्यक्ष ठाकुर बराल, नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार प्राविधिक सुनिता लम्साल, लागुऔषध नियन्त्रण समाज सुधार आमा समूह नेपाल अध्यक्ष कल्पना आचार्य बास्तोला, विन्ध्यवासिनी हरिचोक टोल विकास संस्थाका अध्यक्ष बलराम भण्डारी लगायतले बोलेका थिए।
सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बगर अध्यक्ष रामप्रसाद अधिकारीको अध्यक्षता भएको कार्यक्रममा उपाध्यक्ष दुर्गादत्त भुगाई र सचिव कृष्ण तामाङले पनि धारणा राखेका थिए ।








जेन–जी आन्दोलन: आइजिपी कार्कीसँग बयान, अब ओली र लेखकको पालो
विद्युत् प्राधिकरणमा शाक्यको ‘कमब्याक’, सिलवालको नियुक्ति बदर
कास्की–३ : कांग्रेसको टिकटका लागि २९ जनाको दौडधुप, प्रत्यक्षमा मात्रै १६ आकांक्षी
फागुन २० सम्म १८ वर्ष पुग्नेले मतदान गर्न पाउने, २६ गतेसम्म त्रुटि सच्याउने मौका
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया