गण्डकी स्वजागरण उत्सव निर्धारित समयमै
विराट् चक्र विज्ञान कार्यक्रम स्थान परिवर्तन

पोखरा
गण्डकी स्वजागरण उत्सव कार्यक्रम पूर्वनिर्धारित समयतालिका अनुसार नै फागुन १० गते बिहान ११ः०० बजे पोखरा रंगशालाभित्रको आर्चरी खेल मैदानमा हुने भएको छ । आयोजकले वैकल्पिक स्थानको व्यवस्थापन गर्दै कार्यक्रम समयमै सञ्चालन हुने जानकारी गराएको छ ।
पोखरा रंगशालामा आयोजना गर्न लागिएको विराट् चक्र विज्ञान कार्यक्रम भने मौसम तथा प्राविधिक कारणले सोही स्थानमा सञ्चालन गर्न नसकिने भएको छ । आयोजकका अनुसार वैकल्पिक स्थान तोकी कार्यक्रम फागुन ११ गते पूर्वनिर्धारित समयमा नै सञ्चालन हुनेछ ।
वैकल्पिक स्थानको क्षमतालाई ध्यानमा राख्दै, २०८१ फागुन ६ गते साँझ ६ बजेसम्म दर्ता गरी क्युआर कोड प्राप्त गरिसकेका सहभागीहरूलाई मात्र कार्यक्रममा सहभागी गराइने भएको छ । दर्ता प्रक्रियामा रहेका अन्य महानुभावहरूको हकमा भने उपयुक्त वैकल्पिक मिति र स्थान तय गरी नाम दर्ता गराइने जानकारी दिइएको छ । आयोजकले स्थान परिवर्तनका कारण पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै सहभागीहरूको समझदारी, सहयोग र धैर्यताप्रति आभार व्यक्त गरेको छ ।

तपाईको प्रतिक्रिया