एक तोला सुनको मूल्य एक लाख ७० हजार
समाधान संवाददाता
२०८१ फागुन ९ गते १३:३१

पाेखरा । स्थानीय बजारमा आज सुनको मूल्य तोलाको एक लाख ७० हजार कायम भएको छ ।
बिहीबार प्रतितोला एक लाख ७१ हजारमा खरिदबिक्री भएको सुन आज एक हजारले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
त्यसैगरी, चाँदीको मूल्य पाँचले घटेको छ । आज चाँदी प्रतितोला एक हजार नौ सय ९० मा किनबेच हुनेछ । आज अन्तरराष्ट्रिय बजारमा प्रतिऔंस सुन दुई हजार नौ सय २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया