अण्डाको मूल्य घट्यो
समाधान संवाददाता
२०८१ फागुन ९ गते १३:३५

काठमाडौं ।
बजारमा अण्डाको मूल्य घटेको छ।
नेपाल लेयर्स कुखुरापालक संघले शुक्रबारबाट प्रतिक्रेट ३० देखि ३५ रूपैयाँका दरले अण्डाको मूल्य घटाएको हो।
‘हामीले बिहीबार बैठक बसेर आजबाट अण्डाको मूल्य घटाउने निर्णय गरेका थियौं,’ संघका अध्यक्ष विनोद पोखरेलले भने।
बजारमा ठूलो, मध्यम र एक्स–एल गरी तीन आकारका अण्डा आउँछन्।
मूल्य घटेसँगै अब मध्यम अण्डा प्रतिक्रेट तीन सय ५०, ठूलो अण्डा तीन सय ७० र एक्स–एल अण्डा प्रतिक्रेट तीन सय ८५ रूपैयाँ पर्ने भएको छ।
यसअघि ठूलो अण्डा चार सय, मध्यम तीन सय ८५ र एक्स–एल अण्डा चार सय १५ रूपैयाँ थियो।
सम्बन्धित









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया