माधव वियोगी प्रतिष्ठानको स्थापना दिवस

पोखरा ।
पोखरास्थित माधव वियोगी वाङ्मय प्रतिष्ठान नेपालको १५ औं स्थापना दिवस शुक्रबार विविध कार्यक्रमका साथ मनाइएको छ ।
कार्यक्रममा डा नारायणप्रसाद अधिकारीले प्रतिष्ठानले छोटो समयमा नै राष्ट्रिय उचाई प्राप्त गरेको बताउँदै आफू संस्थापक सदस्य बन्न पाएकोमा गौरवको अनुभूति भएको जनाए । महाकाव्यकार नारायण गौतम र डा तुलसी प्रभासले महाकाव्यकार माधव वियोगीले नेपाली साहित्यमा विशेष गरी छन्द र महाकाव्यको समुनन्ति र विस्तारमा महत्वपूर्ण योगदान दिएको विचार राखे ।
कार्यक्रममा संस्थापक अध्यक्ष डा कृष्ण भण्डारी मुमुक्षुले पनि आफूले संस्थाको उन्नतिमा योगदान गर्ने बताए । महाकाव्यकार वियोगीले संस्थापक अध्यक्ष कृष्ण भण्डारी मुमुक्षु, उपाध्यक्ष राजेशकुमार घिमिरे, कोषाक्षक्ष छन्दिका घिमिरे, सदस्यहरू सुष्मा पौडेल, नारायणप्रसाद अधिकारी, तारा काफ्ले, पदमराज घिमिरे, सरिता पंगेनी र सरिता घिमिरेलाई सम्मानपत्र प्रदान गरे ।
उनले प्रतिष्ठानले संस्थाले भाषा, साहित्यको विकासमा अग्रणी भूमिका खेलेको जनाए । सो अवसरमा छन्दिका घिमिरे, शुभ शर्मा, शिव त्रिपाठी, संयोग बस्याल, वसन्त चालिसे गायतले कवितावाचन गरेका थिए ।
तपाईको प्रतिक्रिया