९ दिनपछि मृत भेटिए त्रिशूलीमा खसेका रोहित
समाधान संवाददाता
२०८१ फागुन ११ गते ११:२३

पोखरा ।
चितवनको इच्छाकामना गाउँपालिका ५ स्थित ३ नम्बर पुलबाट गत २ गते मोटरसाइकल दुर्घटना भएर त्रिशूलीमा खसेका युवक मृत भेटिएका छन्। लमजुङका २७ वर्षीय रोहित राना आइतबार बिहान ९ दिनपछि मृत फेला परेका हुन्।
शव मोटरसाइकल दुर्घटना भएर उनी खसेको स्थानभन्दा एक सय मिटर तल भेटिएको प्रहरीले जानकारी दिएकाे छ ।
शव भेटिएपछि पोस्टमर्टमका लागि भरतपुर अस्पताल लगिएको छ। रोहितका परिवारले शव सनाखत गरिसकेका छन्।
चितवनको भरतपुर महानगरपालिका १ रामनगरमा बस्दै आएका उनी भारतीय सेनामा कार्यरत रहेको पनि पुष्टि भएको प्रहरीले बताएकाे छ ।
उनी सवार बा ०६–०२ प ९२०४ नम्बरको मोटरसाइकल नारायणघाटबाट मुग्लिनतर्फ जाँदै गर्दा दुर्घटना भएको थियो। मोटरसाइकल सडकमै अडिएको थियो भने उनी त्रिशूलीमा खसेका थिए।
सम्बन्धित









न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया