तामाङ साँस्कृतिक नृत्य प्रतियोगितामा डिडि डान्स सेन्टर प्रथम

समाधान संवाददाता २०८१ फागुन ११ गते १६:४६

पोखरा ।
नेपाल तामाङ साँस्कृतिक घेदुङ पोखराको आयोजनामा तामाङ सांस्कृतिक नृत्य प्रतियोगिता सम्पन्न भएको छ । पोखरा उद्योग वाणिज्य संघको हलमा सम्पन्न प्रतियोगितामा डिडी डान्स सेन्टर प्रथम भएको छ ।

Advertisement


प्रतियोगितामा पूर्णिमा कला केन्द्र द्वितीय, बागिना कला केन्द्र तृतिय तथा नेपाल तामाङ घेदुङ सिम्पानी इकाइले सान्तन्वा स्थान हासिल गर्न सफल भएका छन् । विजेता प्रथम, द्धितिय, तृतिय एवम सान्तन्वा स्थान हासिल गर्ने टोलीले क्रमश ५० हजार, २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कारका साथ ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।


विजेताहरुलाई गण्डकी प्रदेशसभा सदस्य पार्वती तामाङ, नेपाल तामाङ घेदुङका केन्द्रीय उपाध्यक्ष दीपम वाइवा तामाङ, पुर्व अध्यक्ष धनप्रसाद तामाङ, केन्द्रिय सदस्य सुजन लामा, नेपाल तामाङ घेदुङ गण्डकी उपाध्यक्ष जसपाल पाख्रिन तामाङ, उपाध्यक्ष रामबहादुर ब्लोन शिवु, नेपाल तामाङ घेदुङ कास्की अध्यक्ष भक्त तामाङ, नेपाल तामाङ साँस्कृतिक घेदुङ पोखराका अध्यक्ष अमन तामाङ लगातयले वितरण गरेका थिए ।

Advertisement


प्रतियोगितामा लामा गाउँ इकाइ समाज, नेपाल तामाङ घेदुङ सिम्पानी इकाइ, बिटुडी डान्स स्कुल, नमोबुद्ध युवा क्लब, पूर्णिमा कला केन्द्र, बागिना कला पाठशाला र डिडी नृत्य सेन्टर गरि ७ टोलीले प्रतिस्पर्धा गरेका थिए । कार्यक्रममा स्टार स्टुडियोका डान्स कोरियोग्राफर एवम चलचित्र निर्देशक जसु गुरुङ, वरिष्ठ नृत्य निर्देशक अमर गोम्जा, नेपाल तामाङ साँस्कृतिक घेदुङका नृत्य निर्देशक विक्रम तामाङ निर्णायक थिए ।


कार्यक्रममा चर्चित कलाकार उर्गेन दोङ तामाङ, अम्बर तामाङ र प्रशान्त तामाङले गायन प्रस्तुती राखेको थिए । मन्जुश्री तामाङ बौद्ध समाजका ८ वर्षिय यान्सेन तामाङले स्वागत नृत्य, सिम्पानी समाजको नृत्य, म्हेन्दोमाया समाजबाट माया थोकरले नृत्य, कवि माधव खतिवडाले तामाङ कविता वाचन गरेका थिए ।

Advertisement


नेपाल तामाङ सांस्कृतिक घेदुङ पोखराका अध्यक्ष अमन तामाङको अध्यक्षतामा भएको कार्यक्रमको उदघाटन गण्डकी प्रदेशसभा सदस्य पार्वती तामाङले गरेका थिए । कार्यक्रममा नेपाल तामाङ सांस्कृतिक घेदुङ पोखराका उपाध्यक्ष मिलन योन्जनले स्वागत, निर्णायक जसु गुरुङले प्रतियोगिताको नियमबारे प्रकाश पारेका थिए । कार्यक्रमको संचालन सञ्चारकर्मी सञ्जय मल्ल र मिस तामाङ पोखरा २०२४ रोशिला ब्लोन तामाङले गरेका थिए ।

तपाईको प्रतिक्रिया