गणपति लघुवित्तद्वारा सीप विकास तालिम प्रदान

पोखरा ।
गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना ग्राहक सदस्यहरूको सीप तथा क्षमता विकास गर्ने उद्देश्यले विभिन्न शीर्षकमा क्षमता अभिवृद्धि तथा सीपमूलक तालिम प्रदान गरेको छ ।
शाखा कार्यालय विजयपुर, कास्कीले संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत रामप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा एक दिने कुसन बनाउने तालिम सम्पन्न गरेको छ । सहभागी ग्राहक सदस्यलाई सम्बन्धित विषयविज्ञ पविना विकले प्रशिक्षण दिएका थिए ।
त्यसैगरी, शाखा कार्यालय गजुरी, धादिङले आफ्ना ग्राहक सदस्यहरूलाई एक दिने व्यावसायिक तरकारी खेती तालिम गजुरीमा सम्पन्न गरेको छ । संस्थाको मुग्लिन अनुगमन अधिकृत गोकर्णप्रसाद जोशीको प्रमुख आतिथ्यता र शाखा प्रबन्धक दीपक माझीको अध्यक्षतामा सम्पन्न उक्त तालिमका प्रशिक्षक विषयविज्ञ अशोक श्रेष्ठ थिए ।
त्यस्तै, शाखा कार्यालय भानु, तनहुँले पनि व्यावसायिक बाख्रापालन तालिम भानुमा सम्पन्न गरेको छ । सम्बन्धित शाखा प्रबन्धक अनिलजंग पाण्डेको अध्यक्षतामा सो क्षेत्रका प्रहरी प्रमुखको प्रमुख आतिथ्यतामा सम्बन्धित विषयविज्ञहरूले सहभागीलाई प्रशिक्षण प्रदान गरेका थिए ।
वित्तीय संस्थाले आफ्ना ग्राहक सदस्यहरूलाई आत्मनिर्भर बनाउनका लागि सीप तथा क्षमता अभिवृद्धि गर्न विभिन्न शाखा कार्यालयहरूमार्फत निरन्तर सदस्य सीप विकास तथा कृषि सम्बन्धी बीउबिजन वितरण कार्यक्रम सञ्चालन गरिरहेको बारे संस्थाको तालिम विकास तथा प्रवद्र्धन विभागले जानकारी दिएको छ । सबै तालिमका सहभागीहरूलाई प्रमाणपत्रको समेत व्यवस्था गरिएको थियो ।









यस्तो छ कांग्रेसको समानुपातिक सूची आयोगमा : अर्जुननरसिंहदेखि राष्ट्रपतिकी छोरीसम्म (सूचीसहित)
ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया