गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट डिस्चार्ज, स्वास्थ्य अवस्था सुधार
समाधान संवाददाता
२०८१ फागुन १२ गते १५:४७

पोखरा ।
अस्वस्थ भई पाँच दिनअघि पोखरास्थित ओम हस्पिटलमा भर्ना भएका गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट डिस्चार्ज भएका छन्। स्वास्थ्यमा सुधार आएपछि सोमबार उनलाई अस्पतालबाट घर फर्कन दिइएको हो ।
प्रदेश प्रमुख भट्टलाई स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो। उनको उपचारका लागि वरिष्ठ छातीरोग विशेषज्ञ डा। सीपी आचार्यको नेतृत्वमा चिकित्सकीय टोली सक्रिय थियो।
अस्पताल स्रोतका अनुसार भट्टको स्वास्थ्य अवस्था स्थिर रहेको र चिकित्सकको सल्लाहअनुसार केही दिन घरमै आराम गर्नेछन्। यसअघि, उनको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै प्रत्यक्ष भेटघाटका कार्यक्रम स्थगित गरिएको थियो।
सम्बन्धित








फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया