रोटरी क्लबद्वारा हाइकिङमार्फत कास्कीकोटको प्रवद्र्धन

पोखरा ।
रोटरी क्लबले १२० औं वार्षिकोत्सवको अवसरमा आइतबार कास्कीकाेटकाे दरबारसम्म हेरिटेज हाइकिङ गरेकाे छ। पाेखरामा स्थापना भएका राेटरीका १० वटा क्लबले संयुक्त रूपमा कास्कीकाेट दरबारसम्म हाइकिङ गरेका हुन् ।
रोटरी क्लबहरूले देशभरि छरिएर रहेका पर्यटकीय सम्भावना बोकेका, तर प्रचार–प्रसारको अभावमा ओझेलमा परेका सांस्कृतिक सम्पदाहरूको सूची तयार पार्ने लक्ष्यसहित हेरिटेज हाइकिङ कार्यक्रमको आयोजना गरेको रोटरी क्लब अफ पोखरा क्यापिटलका अध्यक्ष सन्तोष शाहीले बताए ।
कार्यक्रममा प्रमुख अतिथि रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानका गभर्नर इलेक्ट विनोद कोइराला थिए । अतिथिहरूमा मिस पोखरा २०२४ श्रृष्टी खड्का, रोटरी क्लबका पदाधिकारी र सदस्यहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको स्वागत रोटरी क्लब अफ पोखरा क्यापिटलका अध्यक्ष सन्तोष शाहीले थिए ।
हाइकिङ अन्नपूर्ण गाउँपालिकास्थित नाउँडाँडाबाट सुरू भई पोखरा महानगरपालिका वडा नम्बर २४ मा रहेको ऐतिहासिक कास्कीकोट दरबारमा पुगेर सम्पन्न भएको साहीले जानकारी दिए ।
कार्यक्रममा गभर्नर इलेक्ट विनोद कोइरालाले मिस पोखरा २०२४ श्रृष्टी खड्कालाई रोटरी वर्ष २०२५÷२६ का लागि रोटरी पब्लिक इमेज एम्बेसडर घोषणा गरे । रोटरी क्लब अफ पोखरा क्यापिटलले उनलाई मानार्थ सदस्यता प्रदान गर्ने घोषणा गरेको थियो ।
फुट ट्र्याक ट्रेलका अध्यक्ष विष्णुहरी दाहालले पोखरा, कास्कीकोट, भदौरे तामागी ट्रेलबारे जानकारी गराएका थए । त्यसैगरी, कास्कीकोटमा रहेको ऐतिहासिक गुप्त कालिका मन्दिरका पुजारी ठाकुर प्रसाद त्रिपाठीले मन्दिर र कास्कीकोट क्षेत्रको इतिहास तथा शाह वंशका राजाहरूको पृष्ठभूमिबारे जानकारी गराएका थिए ।
रोटरी क्लबले हरेक वर्ष आफ्नो स्थापना दिवस विभिन्न कार्यक्रमसहित मनाउने गर्दछ । फेब्रुअरी २३, १९०५ मा पल ह्यारिस र उनका तीन जना साथीहरूले स्थापना गरेको रोटरी क्लबले विश्वभर मानव सेवा गर्दै आएको छ । पोलियो उन्मूलनमा पनि रोटरी क्लबको महत्त्वपूर्ण योगदान छ ।
पोखरामा रोटरी क्लब अफ पोखरा, पोखरा मिडटाउन, पोखरा फिस्टेल, पोखरा अन्नपूर्ण, लेखनाथ, पोखरा न्यूरोड, पोखरा लेकसाइड, पोखरा प्याराडाइज, गण्डकी र पोखरा क्यापिटल गरी १० वटा रोटरी क्लब सक्रिय छन् ।








६० सहसचिवको सरुवा, गण्डकीमा ५ सचिव आउँदा २ जना बाहिरिए
सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया