गण्डकी बहुप्राविधिक शिक्षालयका उजेन सर्वोत्कृष्ट

पोखरा ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदको ३७ औं वार्षिकोत्सव परिषदको स्थापना दिवसको अवसरमा विविध कार्यक्रमसहित आयोजना गरिएको छ । कार्यक्रममा भर्ना वर्ष २०७७ का सर्वोत्कृष्ट हुने विद्यार्थीलाई सम्मान गरिएको छ ।
यसरी सर्वोत्कृष्ट हुने विद्यार्थीमा डिप्लोमा इन इन्जिनियरिङतर्फ पोखरा महानगरपालिकाद्वारा सञ्चालित गण्डकी बहुप्राविधिक शिक्षालयका उजेन उदास छन् । स्वास्थ्य कार्यक्रमतर्फ फारवेस्ट टेक्निकल कलेजकी आकृति कुँवर, कृषि, वन, होटल म्यानेजमेन्टतर्फ मदन भण्डारी एकेडेमी उर्लावारीकी भूमिका खतिवडा सर्वाेत्कृष्ट बनेका छन् ।
परिषद सदस्य सचिव महेश भट्टराइको अध्यक्षतामा भएको कार्यक्रममा भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहालले प्राविधिक शिक्षालाई व्यवहारिकता शिक्षा बनाउन सरकार लागिरहेको जनाए । उनले प्राविधिक शिक्षाको सुधार र गुणस्तरका लागि सबैको एकीकृत प्रयास जरुरी भएको औंल्याए ।
कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव दीपक काफ्ले शिक्षा ऐन छिट्टै जारी हुने विश्वास व्यक्त गर्दै शिक्षा सुधारका लागि मन्त्रालय लागिपरेको जनाए ।









तथ्यांक दिवस मनाइयो
समानुपातिकमा गण्डकी उपेक्षित
ङयोए तमु धिमा १ करोडको सभाहल
कसले मार्ला बाजी ?
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
तपाईको प्रतिक्रिया