इन्स्पेक्टर सन्तोषी आत्महत्या प्रकरण
आरोपित इन्स्पेक्टर जोशी पक्राउ, ७ दिन म्याद थप

पोखरा । सशस्त्र प्रहरी बलकी इन्स्पेक्टर सन्तोषी महतको मृत्यु प्रकरणमा पक्राउ परेका इन्स्पेक्टर विवेक जोशीलाई थप ७ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ ।
आत्महत्या दुरुत्साहन आरोपमा किटानी जाहेरीका आधारमा सोमबार पक्राउ परेका जोशीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले थप अनुसन्धानका लागि हिरासतमा राख्न अदालतसमक्ष अनुरोध गरेको थियो ।
केही दिनअघि पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय, लामापाटन ब्यारेकमा इन्स्पेक्टर महत मृत अवस्थामा फेला परेकी थिइन् ।
महतका परिवारले जोशीविरुद्ध आत्महत्या दुरुत्साहनको उजुरी दिएका थिए । परिवारका अनुसार सन्तोषी र विवेक प्रेम सम्बन्धमा थिए ।
सिन्धुपाल्चोक घर भएकी २९ वर्षीया महत पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटनमा गत शनिबार मृत भेटिएकी हुन् ।
इन्स्पेक्टरको आधारभूत तालिम गरिरहेकी उनी ब्यारेकको महिला शौचालय नजिकको बिममा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । महत १७ बेसिक (२०८१) की इन्स्पेक्टर हुन् । २०७२ सालमा सशस्त्रकै सिपाहीमा भर्ना भएकी उनले २०७८ सालमा असईमा नाम निकालेकी थिइन् । त्यसपछि अहिले २०८१ सालमा इन्स्पेक्टरमा नाम निकालेर तामिल सुरु गरेकी थिइन् ।
आत्महत्याको विषय थप बुझ्नका लागि छानबिन समिति गठन गरिएको प्रवक्ता न्यौपानेले जानकारी दिए । घटनाको छानबिन गर्न सशस्त्र प्रहरी हेडक्वाटरले राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा कार्यरत डिआइजी लक्ष्मण सिंहको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले मृतक महतका आफन्तले जिल्ला प्रहरी कार्यालय कास्कीमा दुरुत्साहनको जाहेरी दिएको जानकारी दिए । महतको परिवारले एकजना व्यक्तिविरुद्ध कास्की प्रहरीमा दुरुत्साहनको जाहेरी दिएको हो ।









ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया