पोखरा ३१ द्वारा बिउ बितरण
समाधान संवाददाता
२०८१ फागुन १५ गते १४:०१
पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर ३१ को कार्यालयले कृषकलाई लहरे बालीको बीउ वितरण गरेको छ । कार्यालयले सोमबार पोखरा ३१ को कृषि सञ्जालमार्फत वडाभित्र रहेका किसानलाई लहरे तरकारी बालीको बिउ हस्तान्तरण हो ।
कार्यक्रममा वडा नम्बर ३१ मा रहेका ४८ आमा समूह, टोल विकास संस्था र कृषि समूहलाई लहरे तरकारी बालीको बीउ हस्तान्तरण गरिएको कृषि सञ्जाल पोखरा ३१ अध्यक्ष केशवराज तिवारीले जानकारी दिए ।
न्यु नारायणी जातको घिरौला, भक्तपुरे लोकल काँक्रो, पाली जातको करेला, डबल हार्भेस्टको तुने बोडी, प्रकासे बोडी, घ्यु सिमी, लौका र चिफ्ले भिन्डी गरी १ लाख ५० हजार बराबरको बिउ वितरण गरिएको छ । वडाध्यक्ष ढकनाथ कँडेलले किसानको जीवनस्तर उकास्नका लागि र जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यका साथ बीउ वितरण गरिएको जनाए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया