त्रिभुवन विमानस्थलबाट साढे ३ किलो सुनसहित चारजना पक्राउ

काठमाडौँ ।
प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट तीन किलो ७४५ ग्राम सुनसहित तीन महिला र एक पुरुष गरी चार जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।
गएराति फलाइ दुबइको उडानमार्फत काठमाडौँ आएका अख्मादजानोभना दिलफुजा मारिफ अलिभ, इजराइलोभना साओदत फेजिभा, सरदोर त्रुस्अनोभ र गुलाम्दजानोभन उमिदअख्मेदोभलाई सुनसहित पक्राउ गरिएको भित्रुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले राससलाई जानकारी दिए ।
उनले भने, “गएराति फलाइ दुबइको उडानमार्फत काठमाडौँ आएका तीन महिला र एक पुरुषलाई टर्मिनल गेटमा हाम्रो टोलीले चेक जाँच गर्ने क्रममा सुनसहित फेला पारी पक्राउ गरेको हो ।”
पक्राउ परेका उज्वेकिस्तानका नागरिक रहेका र उक्त घटनाका विषय प्रहरीले थप अनुसन्धान गरिरहेको विमानस्थल सुरक्षा प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक राठौरले बताए ।









रास्वपा र बालेनबीच पार्टी एकता : रवि सभापति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार
चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया