मुस्ताङका सरकारी कार्यालयको खर्च १ अर्व ६६ करोड

सुन्दरकुमार थकाली २०८१ फागुन १६ गते १३:३५

जोमसोम ।
चालु आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजित कुल बजेट अन्तर्गत चालु वर्षको साउनदेखि पुस महिना अर्थात ६ महिनाको अवधिमा मुस्ताङका संघीय तथा प्रादेशिक तथा स्थानीय तह वित्तिय हस्तान्तरण १ अर्व ६६ करोड बजेट खर्च भएको छन् । चालु आर्थिक वर्षका लागि संघीय तथा प्रादेशिक कार्यालय र स्थानीय तहका लागि कुल ३ अर्व ७९ करोड ८६ लाख ९० हजार बजेट विनियोजन भएकोमा ४३ दशलमव ७५ प्रतिशत बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय मुस्ताङले जनाएको छ ।

Advertisement


मुस्ताङमा चालु आर्थिक वर्ष २०८१/०८२ का लागि संघीय तथा प्रादेशिक कार्यालयतर्फको चालुतर्फ १ अर्व ४८ करोड ८८ लाख बजेट विनियोजन भएकोमा ६ महिनाको अवधिमा ६१ करोड ५० लाख ५७ हजार अर्थात ४१ दशमलव ३१ प्रतिशत खर्च भएको छ । पुँजिगत खर्चतर्फ १ अर्व ३३ करोड ५९ लाख बजेट विनियोजन भएकोमा ५८ करोड ३ लाख अर्थात ४३ दशमलव ४४ प्रतिशत बजेट ६ महिनामा खर्च भएको खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय मुस्ताङका कोष नियन्त्रक जब्बरबहादुर भण्डारीले जानकारी दिए । कोष नियन्त्रक भण्डारीका अनुसार चालु वर्षका लागि मुस्ताङका ५ स्थानीय तहलाई ९७ करोड ३८ लाख २७ हजार वित्तिय हस्तान्तरण बजेट विनियोजन भएकोमा साउनदेखि पुस महिनासम्म ४६ करोड ६५ लाख अर्थात ४७ दशमलव ९१ प्रतिशत बजेट वित्तिय हस्तान्तरण भईसकेको छ ।


जसअन्तर्गत मुस्ताङका संघीय कार्यालय र संघीय अनुदान वित्तिय हस्तान्तरणतर्फ २ अर्व ९२ करोड ३९ लाख बजेट विनियोजन भएकोमा चालु वर्षको ६ महिना अवधिमा १ अर्व ४१ करोड ६१ लाख अर्थात ४८ दशमलव ४३ प्रतिशत बजेट खर्च भएको कोष नियन्त्रक भण्डारीको भनाई छ । संघीय कार्यालयतर्फको चालु कुल बजेट १ अर्व २२ करोड ३९ लाख मध्ये ५५ करोड २३ लाख अर्थात ४५ दशलमव १३ प्रतिशत बजेट खर्च भएको छ ।

पुँजिगततर्फ कुल बजेट ८० करोड २१ लाख मध्ये ४३ दशमलव ५३ प्रतिशत बजेट खर्च भएको कोष नियन्त्रक भण्डारीले बताए । उनका अनुसार संघीय स्थानीय तह वित्तिय हस्तान्तरणतर्फ कुल बजेट ८९ करोड ७८ लाख मध्ये चालु वर्षको ६ महिनाको अवधिमा ४२ करोड ८५ लाख बजेट वित्तिय हस्तान्तरण भएको छ ।


यसैगरी चालु वर्षका लागि प्रादेशिक कार्यालयतर्फको चालु खर्च २६ करोड ४९ लाख बजेट मध्ये पुस महिना मसान्तसम्म ६ करोड २७ लाख अर्थात २३ दशमलव ६८ प्रतिशत खर्च भएको छ । प्रादेशिक कार्यालयतर्फको पुँजिगत विकास खर्च ५३ करोड ३८ लाख रहेकोमा ६ महिनाको अवधिमा १४ करोड ५० लाख अर्थात २७ दशलमव १७ प्रतिशत पुँजिगत बजेट खर्च भएको कोष नियन्त्रक भण्डारीले जानकारी दिए । यस्तै , प्रादेशिक स्थानीय तहको कुल बजेट ७ करोड ६० लाख मध्ये ३ करोड ८० लाख बजेट ६ महिनाको अवधिमा स्थानीय तहका लागि वित्तिय हस्तान्तरण भएको छ ।

Advertisement

मुस्ताङमा ६ महिनामा ५ करोड ६० लाख राजश्व संकलनः

हिमाली जिल्ला मुस्ताङमा चालु वर्षको साउनदेखि पुस महिनाको ६ महिना अवधिमा ५ करोड ६० लाख ३४ हजार रुपैया राजश्व संकलन भएको कोष तथा लेखा नियन्त्रक कार्यालय मुस्ताङले जनाएको छ । चालु वर्षको ६ महिना अवधिमा संघीयतर्फ ४ करोड २८ लाख ७४ हजार राजश्व संकलन भएको छ । प्रदेशतर्फ १ करोड ३१ लाख ५९ हजार रुपैया राजश्व संकलन भएको कोष नियन्त्रक भण्डारीले जानकारी दिए ।


चालु आर्थिक वर्षको ६ महिना अवधिमा संघीयतर्फको १४ वटा कार्यालयतर्फको शिर्षकगत राजश्व जोडेर ४ करोड २८लाख ७४ हजार राजश्व संकलन भएको हो । यसैगरी प्रादेशिकतर्फ मुस्ताङका प्रदेश ९ वटा कार्यालयले चालु वर्षको ६ महिना अवधिमा विभिन्न शीर्षकगत राजश्व अन्तर्गत १ करोड ३१ लाख राजश्व संकलन गरेका हुन् ।


कोष नियन्त्रक जब्बरबहादुर भण्डारीले चालु वर्ष विनियोजित बजेटको अनुपातमा संघीय कार्यालयतर्फ बजेट खर्च सन्तोषजक रहेको र प्रादेशिक कार्यालयतर्फ लक्ष्य अनुसार खर्च हुन नसकेको बताए । संघीयतर्फ साविकका कार्यालय जनशत्तिहरु यथावत परिचालित भएकाले बजेट खर्च सन्तोजन रहेपनि प्रादेशिकतर्फ नयाँ कार्यालय ,जनशक्तिको अभाव र प्रदेश सरकारको अस्थिरता लगायतका कारण प्रादेशिक खर्च अपेक्षा गरेअनुसार बजेट खर्च हुन नसकेको कोष नियन्त्रक भण्डारीले उल्लेख गरे ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया