तनहुँ फिरफिरेका गुरुङहरु सिक्लेसमा

पोखरा । पर्यटकीय गाँउ सिक्लेस र फिरफिरेका गुरुङबीच सिक्लेसमा अन्तरक्रिया भएको छ । ग्रामीण पर्यटनको एउटा आकर्षक केन्द्रको रुपमा परिचित सिक्लेसबाट नवौ पुस्ता पहिलेदेखि बसाइसराइ गर्दै कास्की स्याँङ्जा हुँदै तनहुँ जिल्लाको फिरफिरेमा पुगेका ल्हेगे तमु (गुरुङ) हरु आफ्नो पुख्र्यौली थलो चिली नाँसा (सिक्लेस) मा पुनर्मिलनमा लागि आइपुगेका हुन् ।
ओली ल्हेगे तमु भाइ खलक शुक्लागण्डकी १२ फिरफिरेको आयोजनामा आएको भ्रमण टोलीमा ९४ वर्षीय पच्यू गुरु पौबहादुर ल्हेगे गुरुङ, ८९ वर्षीय नीलप्रसाद ल्हेगे गुरुङसहित ३४ जना थिए । उत्तर पूर्वी ल्हेगे समाजका अध्यक्ष क्या. वीरबहादुर ल्हेगे गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा मादी गाँउपालिका वडा नं. १ का वडाध्यक्ष देवीजंग ल्हेगे गुरुङ, शुक्लागण्डकी नगरपालिका वडा नं.१२ का वडाध्यक्ष ईन्द्र ल्हेगे गुरुङ, ओली ल्हेगे भाइ खलकका अध्यक्ष गम्बीर सिंह ल्हेगे गुरुङ, पोखरा रोयल सहकारीका सिइओ भीम ल्हेगे गुरुङ, पच्यू गुरु जमानसिंह ल्हेगे गुरुङ, कार्यक्रम संयोजक खेमचन्द्र ल्हेगे गुरुङ, चिली क्होईबो धी व्यवस्थापन समिति उपाध्यक्ष मीलन ल्हेगे गुरुङ लगायतले बोलेका थिए ।
पुर्खाैली गाउँमा दुई पर्यटकीय गाँउ सिक्लेस र फिरफिरेबीच गहिरो सम्वन्ध विस्तार भएको उनीहरुले बताए । उनीहरुले ल्हेगे गुरुङ्गहरु क्होला सोंथरबाट सिक्लेसमा आई पहिलो पटक बसोबास गरेको स्थान ल्हेजकों, चिली क्होईबो, गुरुङ संग्रहालय, सिक्लेस पार्क र सिक्लेस गाँउको भ्रमण गरेका छन् ।









शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया