पोखरा १७ स्थित जनजागरण टोलको सभा
समाधान संवाददाता
२०८१ फागुन २० गते १९:२०

पोखरा । पोखरा १७ स्थित जनजागरण टोल विकास संस्थाको आठौँ साधारणसभा मंगलबार भएको छ । कार्यक्रममा वडाध्यक्ष राधिका शाही योगीले देशको ठूलो महानगर भित्रको मिनी नगरपालिकाले चिनिने वडामा सीमित स्रोत र साधनको उच्चतम उपयोग गरी विकास, निर्माणमा लागेको जनाइन् ।
टोल विकास संस्थाका अध्यक्ष शिव बरालको अध्यक्षतामा भएको कार्यक्रमा वडा सदस्य विक्रम गुरुङ, टोलका निवर्तमान अध्यक्ष देवी थापा, आमा समूहका अध्यक्ष कमला बराल, दिदीबहिनी एग्रोका अध्यक्ष नन्दा गुरुङ, सल्लाहकार ईश्वरीप्रसाद पोख्रेल, रामप्रसाद पोख्रेल लगायतले बोलेका थिए ।
सभाले सचिव भगवती बरालले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष खेमराज शर्माको आर्थिक प्रतिवेदन पारित गरेको छ । संस्थाका अध्यक्ष बरालले यस वर्षको देउसीभैलो कार्यक्रममा २ लाख ३७ हजार रकम संकलन भएको जानकारी दिए ।
सम्बन्धित








‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया