पोखरा १३ मा शैक्षिक सामग्री प्रदर्शनी तथा रोजगार मेला, भद्रकाली मावि प्रथम- फोटोफिचरसहित

पोखरा । पोखरा १३ वडा कार्यालयको आयोजनामा मंगलबार शैक्षिक सामग्री प्रदर्शनी तथा रोजगार मेला भएको छ । वडा कार्यालय परिसरमा भएको कार्यक्रम उद्घाटन पृथ्वीनारायण क्याम्पसका संस्थापक प्रिन्सिपल जर्ज जोनले गरेका थिए ।

कार्यक्रममा उनले मेलाले बढ्दो विदेश पलायनलाई रोक्न र पठन संस्कृतिको विकासमा टेवा पुर्याउने बताए । पोखराका ३३ वटा वडामध्ये १३ नम्वर वडाले फरक खालको कार्यक्रम गर्दै सकरात्मक सन्देश दिएको उनको भनाइ छ ।

यो खालको कार्यक्रमको सिको अरु स्थानीय तहले गरेमा स्थानीय स्तरमा रोजगारका अवसरको खोजी गर्न सहयोग पुग्ने उनले सुनाए ।
मेलामा विद्यार्थी, अभिभावक र रोजगार खोज्ने युवासँगै अन्य स्थानीयको उल्लेखनीय सहभागिता थियो । उनीहरुले त्यहाँबाट शिक्षा, सीप र रोजगारीका अवसरबारे महत्वपूर्ण जानकारी लिएका थिए । विभिन्न शैक्षिक सामाग्रीका बारेमा बुझेका थिए ।

कार्यक्रमा पोखरा १३ का वडाध्यक्ष किरण बरालले युवालाई नेपालमै अवसर खोजी गर्ने वातावरण सिर्जना गर्न मेला आयोजना गरिएको बताए । स्थानीय तहबाटै रोजगारीका अवसरको खोजी गर्न आवश्यक रहेको उनको भनाइ छ । आगामी दिनमा पनि युवा लक्षित यो खालको कार्यक्रम निरन्तर गर्दै जाने उनले प्रतिवद्धता जनाए ।

स्थानीय बासिन्दाले पनि मेलालाई अत्यन्त उपयोगी भन्दै सकारात्मक प्रतिक्रिया दिएका थिए । वडाध्यक्ष बराल नेतृत्वको टिमले पोखरा १३ लाई शिक्षित, सीपयुक्त र रोजगारमुखी बनाउन महत्वपूर्ण योगदान दिएको स्थानीयले बताए ।


शैक्षिक प्रदर्शनीमा भद्रकाली मावि प्रथम, ताराकुञ्ज मावि द्वितीय र इडेन्स एकेडेमी तृतीय भए । उनीहरुले क्रमशः ८ हजार, ५ हजार र ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको कार्यक्रम सञ्चालक राजेन्द्र भण्डारीले जानकारी दिए ।










जेन–जी आन्दोलन: आइजिपी कार्कीसँग बयान, अब ओली र लेखकको पालो
विद्युत् प्राधिकरणमा शाक्यको ‘कमब्याक’, सिलवालको नियुक्ति बदर
कास्की–३ : कांग्रेसको टिकटका लागि २९ जनाको दौडधुप, प्रत्यक्षमा मात्रै १६ आकांक्षी
फागुन २० सम्म १८ वर्ष पुग्नेले मतदान गर्न पाउने, २६ गतेसम्म त्रुटि सच्याउने मौका
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया