पोखरा महानगरपालिका दोस्रोे अन्तर क्लब पुरुष टी–२० क्रिकेट प्रतियोगितामा लेखनाथले लेकसाइडलाई हरायो

पोखरा । पोखरा महानगरपालिका दोस्रोे अन्तर क्लव पुरुष टि–२० क्रिकेट प्रतियोगिता २०८१ अन्तर्गत बुधबार भएको खेलमा लेखनाथ क्रिकेट क्लब विजयी भएको छ । लेखनाथले लेकसाइड क्रिकेट क्लवलाई २८ रनले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो ।
लेकसाईड क्रिकेट क्लवले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको लेखनाथ क्रिकेट क्लवले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६४ रन बनाएको थियो । लेखनाथका लागि सचिन पौडेलले २३ बलमा सर्वाधिक ३४ रन र साहिल पौडेलले १६ बलमा २६ रनको योगदान दिए । लेकसाईडका रबि गुरुङ र केशव सुनारले समान २÷२ विकेट लिएपनि लेखनाथलाई दवाबमा राख्न असफल भए ।
१६५ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको लेकसाईड निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३६ रनमा सिमित भएपछि पराजय बेहो¥यो । लेकसाइडका लागि निजामुद्दिन शेखले ४० बलमा ३२ रन र चन्दन पेलाले २४ बलमा २३ रनको योगदान दिएपनि हार टार्न सकेनन् । लेकसाईडलाई सस्तैमा समेट्न लेखनाथका दीपक बराल र विशाल पौडेलले समान २÷२ विकेट लिए ।
बुधबारको खेलमा विजयी टिम लेखनाथका दीपक बराल म्यान अफ दी म्याच घोषित भए ।
प्रतियोगिता अन्तर्गत विहीबारको पहिलो खेल गण्डकी क्रिकेट क्लव र कास्की क्रिकेट क्लव तथा दोस्रोे खेल राईजिङ क्रिकेट क्लव र सांग्रीला क्रिकेट क्लवबीच हुने आयोजक पोखरा महानगरपालिका क्रिकेट संघका अध्यक्ष बिरेन्द्र पुनले जानकारी दिए ।









चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया