एसी शिविर गर्दै सिजी

पोखरा ।
उपभोक्ता इलेक्ट्रोनिक्सको क्षेत्रमा अग्रणी सिजी ब्रान्डले ग्राहकको सन्तुष्टि सुनिश्चित गर्न र देशभरका एसीको मर्मत सम्भारका लागि विशेष घोषणा गरेको छ । कम्पनीले राष्ट्रव्यापी रूपमा आफ्ना सबै आधिकारिक सेवा केन्द्रबाट मंगलबारदेखि सीमित समयका लागि निशुल्क एसी सेवा शिविर थालेको हो ।
जस अन्तर्गत ग्राहकले आफ्ना कुनै पनि ब्राण्डका एसीको निशुल्क सर्भिसिङ गर्न सक्ने छन् । ग्राहकले टोल–फ्री नम्बर १६६० ०१०२२११ वा १६६००१००२११ वा ०१५९७०१२२ मा कल गरेर दर्ता गर्न सक्ने छन् ।
ग्राहकहरूले निशुल्क एयर फिल्टर प्रतिस्थापन र आफ्नो एसीको उत्कृष्ट कार्यक्षमताका लागि प्राविधिक विज्ञको सल्लाह पाउन सक्नेछन् । यसका अतिरिक्त, स्पेयर पाट्र्समा ५० प्रतिशतसम्म छुट र कुनै पनि एसी साट्नमा ५० प्रतिशत अतिरिक्त मूल्यांकन हुनेछ ।
सिजीका विज्ञ प्राविधिकले सेवा शिविर सञ्चालन गर्ने छन् । उच्च गुणस्तरको सेवा र व्यावसायिकता सुनिश्चितता गर्दै कम्पनीका कर्मचारीले नयाँ एसी खरीदमा वा पुराना एसी साट्नमा ग्राहकलाई सहयोग गर्ने छन् ।
शिविरमा सहभागीले नयाँ एसी यन्त्र खरिदमा २० प्रतिशतसम्म छुट, ४ हजारको निशुल्क जडान र एक्सचेन्जमा ३ हजारका दुई निशुल्क सेवा कुपन पाउने छन् ।








पोखराबाट भारतीय सहरमा सिधा उडान भर्न मुख्यमन्त्रीको आग्रह
जलविद्युत् आयोजनाले गाउँ धुलाम्मे : हरियाली वनपाखा र बगैंचाभरि धुलो, स्थानीयलाई सास्ती
राजनीतिक स्थिरता नभए मुलुकमा संकट निम्तने मुख्यमन्त्री पाण्डेको चेतावनी
चुनाव आउन ७६ दिन बाँकी : समानुपातिक सिटको प्रतिशत हेरफेर गर्न अध्यादेश सिफारिस
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया