सिसिटिभी प्रहरीलाई हस्तान्तरण

पोखरा । पोखरा महानगरपालिका वडा नं ८ भित्र विभिन्न स्थानमा जडान गरिएका सिसिटिभी क्यामेरा वडा प्रहरी कार्यालय मातहतको सिर्जनाचोक प्रहरी बिटलाई हस्तान्तरण गरिएको छ । बिहीबार कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले नयाँ जडान गरिएका सिसिटीभी क्यामेरा सुरुआत गरे ।
प्रहरी उपरीक्षक ओलियाले पर्यटकीय राजधानी पोखरामा सम्पूर्ण ठाँउमा सिसिटिभी जडान गर्न सके अपराध न्यूनीकरण हुने बताए । स्थानीय तहहरुले यसमा केही ध्यान दिएको भए पनि पोखरा महानगरले सम्पूर्ण वडामा सिसिटिभी जडान गर्न सके थोरै संख्यामा रहेका प्रहरीले शान्ति सुरक्षा प्रदान गर्न सक्ने उनको भनाइ छ । पोखरामा चोरी, लागुऔषध र सवारी दुर्घटनाको संख्या उल्लेख्य रहेको उनको भनाइ छ ।
पोखरा महानगरपालिका वडा नं ७ का अध्यक्ष राममोहन आचार्यले पोखरा महानरको वडा नं ८ भित्र सिसिटीभी जडानको कार्यले वडाको सुरक्षामा थप मद्दत पुग्ने बताए । वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष निरौलाले सिसिटीभी क्यामेरा जडानबाट वडा प्रहरी कार्यालय बैदामको कार्यलाई थप मद्दत पुग्ने बताए । सिसिटीभीमा भेटिएको प्रमाणले अनुुसन्धानलाई प्रभावकारी बनाउने उनको भनाइ छ ।
नागरिक समाजका अगुवा विष्णु बरालले पोखरा महानगरपालिका वडा नं ८ ले आफ्नो वडाभित्र सिसिटीभी क्यामेरा जडान गरी प्रविधीमैत्री वडा बनेकोमा धन्यवाद दिए । सिसिटीभी क्यामेरा जडान गर्ने गोम्जा आइटी इन्जिनियरिङ प्रालिका सञ्चालक गोम्जा रावत तामाङले आफूले पोखरा महानगर संगको सहकार्यमा वडा भित्रका जाल्पारोड, शिवालयचोक वरिपरि रहेका विभिन्न गल्लीलाई समेटेर २४ वटा स्थानमा सिसिटीभी क्यामेरा जडान गरेको बताए ।
पोखरा ८ का अध्यक्ष रुद्रनाथ बरालले पोखरा ८ भित्र ८० प्रतिशत ठाँउमा सिसिटीभी क्यामेरा जडान गरिसकेको बताउँदै आगामी दिनमा वडाका सम्पूर्ण ठाँउलाई समेटने गरी सिसिटीभी क्यामेरा जडान गर्ने योजना सुनाए । सो अवसरमा वडा सचिव झम्कनाथ पौडेल र वडा सदस्य गोविन्द बरालले पनि बोलेका थिए ।









विद्यार्थीलाई पोशाक र दाँत परीक्षण
लेकसाइडका सडकमा बस पार्किङ निषेध
सम्पादकीय—सुन्दर योजना, कुरुप कार्यान्वयन
अन्नपूर्ण क्षेत्रमा ११ महिनामा पौने ३ लाख पर्यटक, अप्रिलमा सर्वाधिक
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
तपाईको प्रतिक्रिया