बस व्यवसायी, चालक र सहचालकलाई प्रशिक्षण

पोखरा । गण्डकी मझौला मिनी तथा ट्रक संचालक समिति पोखराले व्यवसायी, चालक र सहचालकलाई प्रशिक्षण दिएको छ । समितिले पोखरामा व्यवसायी, चालक र सहचालकलाई ट्राफिक सचेतना, बिमा नीति र यातायात कानुन सम्बन्धी प्रशिक्षण दिएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका वरिष्ठ नायव प्रहरी निरीक्षक शिव पाठकले ट्राफिक नियम र दुर्घटनाबारे प्रशिक्षण दिए । यस्तै गण्डकी मझौला मिनी तथा ट्रक सञ्चालक समितिका कानुनी सल्लाहकार यमबहादुर खत्रीले यातायात कानुनबारे प्रशिक्षण दिए । नेपाल इन्स्योरेन्सका अधिकृत दिनेश पोखरेलले सडक दुर्घटना र बिमा नीतिका बारेमा प्रशिक्षण दिएका थिए ।
गण्डकी मझौला मिनी तथा ट्रक सञ्चालक समितिका अध्यक्ष मनोज रसाइलीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्की प्रमुख शोभा पाण्डे उपस्थित थिइन् ।
प्रशिक्षण कार्यक्रमा बोल्दै प्रहरी निरीक्षक पाण्डेले सडक दुर्घटना न्यूनीकरण गर्नु सबैको दायित्व रहेको बताइन् । ट्राफिक प्रहरीले सडक दुर्घटना न्यूनीकरणका लागि कानुन र व्यावहारिक पक्षलाई हेरेर काम गरिरहेको पाण्डेले बताइन् ।

गण्डकी मझौला मिनी तथा ट्रक सञ्चालक समितिका अध्यक्ष मनोज रसाइलीले दुर्घटना न्यूनीकरण गर्ने उदेश्यले प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको जानकारी दिए । सडकमा यात्रा गर्दा आवश्यक पर्ने नियम जानकारी भए दुर्घटना स्वतः कम हुने रसाइलीले बताए ।
व्यवसायी, चालक र सहचालकलाई प्रशिक्षित गराउन समितिले काम गरिरहेको छ ।
कार्यक्रममा एवान ग्रेटर नेपालका अध्यक्ष अर्जुन पौडेल, समितिका संस्थापक अध्यक्ष दयाराम भारती, निवर्तमान अध्यक्ष रामबहादुर तामाङ, सुरक्षित यात्राका अभियान्ता शिव वस्ताकोटी, एकीकृत यातायात मजदुर संगठन, गण्डकीका अध्यक्ष तिलक विश्वकर्माले मन्तव्य राखेका थिए ।
समितिका सचिव श्यामकुमार ताम्राकारले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष ईश्वर बस्यालले राखेका थिए ।









जेन–जी आन्दोलन: आइजिपी कार्कीसँग बयान, अब ओली र लेखकको पालो
विद्युत् प्राधिकरणमा शाक्यको ‘कमब्याक’, सिलवालको नियुक्ति बदर
कास्की–३ : कांग्रेसको टिकटका लागि २९ जनाको दौडधुप, प्रत्यक्षमा मात्रै १६ आकांक्षी
फागुन २० सम्म १८ वर्ष पुग्नेले मतदान गर्न पाउने, २६ गतेसम्म त्रुटि सच्याउने मौका
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया