मुक्तिनाथ विकास बैंक अध्यक्षमा खिमप्रकाश मल्ल
समाधान संवाददाता
२०८१ फागुन २५ गते १८:५२

पोखरा । मुक्तिनाथ विकास बैंक लिमिटेडको अध्यक्षमा खिमप्रकाश मल्ल नियुक्त भएका छन् । फागुन २२ बसेको बैंकको सञ्चालक समितिको बैठकले मल्ललाई नयाँ अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो । मल्ललाई फागुन २१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले बाँकी कार्यकालका लागि सञ्चालक सदस्य नियुक्त गरेको थियो ।
यसअघिका बैंकका अध्यक्ष भरतराज ढकालले आफ्नो व्यक्तिगत कारणवश बैंकको सञ्चालक पदमा रही कार्य गर्न असमर्थ रहेको भन्दै राजीनामा दिएका थिए । उनको राजीनामा फागुन २१ गते बसेको बैंकको सञचालक समितिको बैठकले स्वीकृत गरेको थियो ।
ढकाल २०८० पुस २८ गते सम्पन्न १७ औं वार्षिक साधारणसभाबाट ४ वर्षको कार्यकाल रहने गरी संस्थापक समूहबाट सञ्चालक पदमा निर्वाचित भई सोही दिनकोे सञ्चालक समितिको ं बैठकबाट सर्वसम्मत अध्यक्ष पदमा छनौट भएका थिए ।
सम्बन्धित






आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया