महिला दिवसका अवसरमा प्रशिक्षण एवं सम्मान

पोखरा । ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपाल महिला संघ पोखरा महानगर कार्यसमितिले आयोजना गरेको ‘राजनीतिमा महिला सहभागिताः सम्भावना र चुनौती’ विषयक प्रशिक्षण तथा सम्मान कार्यक्रम आइतबार पोखरामा सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै नेपाल महिला संघ कास्कीकी संस्थापक अध्यक्ष शकुन्तला गुरुङले समाजको आधाभन्दा बढी जनसंख्या ओगटेका महिलाको समान सहभागिताबिना समृद्धि सम्भव नहुने बताइन् । उनले राजनीतिमा महिलाको सहभागिता अनिवार्य रहेको उल्लेख गर्दै आरक्षणको नाममा सक्षम र अवसर प्राप्त गर्न सक्नेभन्दा नयाँ तथा अवसर नपाएका महिलाहरूलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले महिलाहरू राजनीतिमा आउन सक्षम र नेतृत्व विकास सीपयुक्त हुनुपर्ने बताए । उनले कसैको प्रभावमा परेर राजनीति गर्न नसकिने भन्दै, आफ्नो व्यक्तित्व निखार्दै समाजमा प्रभाव पार्ने महिलाहरूलाई राजनीतिक दलहरूले आफैं खोज्ने बताए ।
नेपाल महिला संघ कास्कीकी सभापति मीना पाण्डेले हरेक तहमा महिलाको नेतृत्व आवश्यक रहेको बताउँदै महिला एकजुट हुनुपर्नेमा जोड दिइन् । नेपाली कांग्रेसले नै महिलाको हकअधिकार सुनिश्चित गरेको उनको भनाइ थियो ।
कार्यक्रममा शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल गण्डकी प्रदेशकी अध्यक्ष अधिवक्ता सरिता तिम्सिना पगेनीले ‘राजनीतिमा महिला सहभागिताः सम्भावना र चुनौती’ विषयमा प्रशिक्षण दिइन् ।
कार्यक्रममा लायन्स इन्टरनेसनल जिल्ला ३२५ जे, नेपालका डिस्ट्रिक्ट गभर्नर मिलन थापालाई सम्मानसमेत गरिएको थियो । नेपाल महिला संघ पोखरा महानगर कार्यसमितिकी अध्यक्ष अम्विका ढुंगानाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव कल्पना थापाले गरिन् भने धन्यवाद ज्ञापन उपाध्यक्ष सुधा थापाले गरिन्।









गुरुङ संस्कृतिका धरोहर इन्द्रबहादुरको देहावसान
लेकसाइडमा फुड, म्युजिक र कल्चरको उत्सव
सम्पादकीय—पोखराको ब्रान्ड ‘सडक महोत्सव’
रास्वपा र बालेनबीच पार्टी एकता : रवि सभापति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया