अपांगता सहायता सामग्री हस्तान्तरण

जोमसोम । मुस्ताङमा शारीरिक रुपमा अशक्त र अपांगता भएका व्यक्तिलाई वितरण गर्ने गरी अपांगता सहायता सामग्री पालिकालाई हस्तान्तरण गरिएको छ । सामाजिक विकास कार्यालय मुस्ताङले घरपझोङ गाउँपालिका कार्यालयलाई सोमबार अपांगता सहायता सामग्री हस्तान्तरण गरेको हो ।
घरपझोङ गाउँपालिका कार्यालयमा आयोजित अपांगता सहायता सामग्री हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसाल, वडाध्यक्ष यमप्रसाद थकाली, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रमुख सरिता थकाली लगायतको रोहबरमा अपांगता सहायता सामग्री हस्तान्तरण गरिएको हो । सामाजिक विकास कार्यालय मुस्ताङका प्रमुख रेवतीरमण सापकोटाले घरपझोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वेदहरि अधिकारीसमक्ष अपांगता सहायता सामग्री हस्तान्तरण गरिएको सामाजिक विकास कार्यालय मुस्ताङले जनाएको छ ।
सामाजिक विकास कार्यालय मुस्ताङले चालु वर्षको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत घरपझोङ गाउँपालिकाको मागको आधारमा उक्त अपांगता सहायता सामग्री हस्तान्तरण गरेको हो । सामाजिक विकास कार्यालयमार्फत शारीरिक रुपमा हिडडुल गर्न नसक्ने व्यक्तिहरुको सहयोगका लागि ५ थान ह्विलचेयर, ८ थान चर्पी चेयर, इअर एड ७ थान र फोल्डिङ लठ्ठी ३७ थान घरपझोङ गाउँपालिकालाई हस्तान्तरण गरेको सामाजिक विकास कार्यालयका प्रमुख रेवतीरमण सापकोटाले जानकारी दिए ।
चालु वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार जिल्लाका पाँचैस्थानीय तहको मागका आधारमा अपांगता सहायता सामग्री हस्तान्तरण गरिने कार्यालय प्रमुख सापकोटाको भनाइ छ । घरपझोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अधिकारीले सामाजिक विकास कार्यालयमार्फत प्राप्त अपांगता सहायता सामग्री सम्वन्धित व्यक्तिलाई वितरण गरिने जानकारी दिए ।









न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया