‘शासकले महिलालाई अधिकार दिन चाहेनन्’

पोखरा । क्रान्तिकारी महिला संगठन नेपाल जिल्ला समिति कास्कीले १ सय १५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा कार्यक्रम गरेको छ ।
७ नम्बर क्षेत्रीय ब्युरो कार्यालय सिर्जनाचोकमा भएको कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सल्लाहकार रामजी थापाले नेपालमा महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चित गरिए पनि यहाँका शासकले महिलालाई अधिकार दिन नचाहेको आरोप लगाएका छन् । महिला दिवसको इतिहास र नेपाली महिलाले भोग्नु परेको समस्याबारे चर्चा गर्दै उनले संविधान, कानुनमा भएका अधिकार अझै पनि नेपाली महिलाले पाउन नसकेको बताए ।
पार्टीका केन्द्रीय सदस्य तथा महिला संगठन नेपाल ७ नम्बर क्षेत्रीय ब्युरोकी इन्चार्ज सुशीला थापा (रेणु)ले सशस्त्र विद्रोहमा होमिएका महिलाको सशक्त भूमिकाको कारण नेपाली सेना र नेपाल प्रहरीमा समानता आएको दाबी गरिन् । सशस्त्र विद्रोहका क्रममा भूमिगत जीवन पार गरेकी थापाले भूमिगत कालमा नेपाली महिलाले गरेको योगदानको प्रशंसा गरिन् । उनले समानताका लागि नेपाली महिलाले अझै संघर्ष गर्नुपर्ने बताइन् ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा कास्की जिल्लाका सेक्रेटरी विक्रम थापा, पार्टीका वैकल्पिक केन्द्रीय सदस्य भीम श्रीस, पार्टीका जिल्ला सचिवालय सदस्य काजीबाबु श्रेष्ठ, अखिल (क्रान्तिकारी) ७ नम्बर ब्युरो संयोजक लक्ष्मण विक, पार्टीका जिल्ला सदस्य बालकृष्ण अधिकारी, महिला नेतृहरु विष्णु अधिकारी, सीता परियार, क्रान्तिकारी महिला संगठन नेपाल ७ नम्बर ब्युरो संयोजक उर्मिला श्रीस लगायतले नेपालको आन्दोलनमा महिलाले खेलेको भूमिकाबारे चर्चा गरेका थिए ।









न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया