पोखरामा पुरुषोत्तम न्यौपाने सांगीतिक साँझ हुँदै

पोखरा । वरिष्ठ लोकगायक तथा संगीतकार पुरुषोत्तम न्यौपानेका गीतहरू प्रत्यक्ष प्रस्तुत गर्ने उद्देश्यले ‘पुरुषोत्तम न्यौपाने सांगीतिक साँझ’ पोखरामा आयोजना हुने भएको छ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले चैत २२ गते पोखरा सभागृहमा कार्यक्रम आयोजना गर्ने जनाएको छ। प्रतिष्ठानका केन्द्रीय सचिव शंकर ‘विरही’ गुरुङका अनुसार सांगीतिक साँझमा न्यौपानेका चर्चित गीतहरू प्रस्तुत गरिनेछ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५, बेलटारीमा जन्मिएका न्यौपानेले २०४६ सालमा ‘बलाम देवीथान’ बोलको गीत गाएर सांगीतिक यात्रा सुरु गरेका थिए। उनका स्वरमा हजारभन्दा बढी गीत सार्वजनिक भइसकेका छन्। ‘सरर पानी घट्टमा’, ‘घामजस्तो चम्किलो जुन हुँदैन’, ‘रुन्छ नि मन किन रुँदैन’, ‘ऐना हेरेर’, ‘मायाले मार्यो’, ‘मिर्मी मुनि काली थुनेको’, ‘ढुंगेधारामा’, ‘देउरालीमा ध्वजा’ लगायतका गीत लोकप्रिय छन्।
पोखरामा बसेर संगीत साधनामा सक्रिय न्यौपाने रेडियो नेपालमा कार्यक्रम अधिकृतका रूपमा कार्यरत छन्। उनले स्वदेश तथा अमेरिका, अस्ट्रेलिया, क्यानाडा, युरोप, जापान लगायत विभिन्न मुलुकमा आफ्नो प्रस्तुति दिइसकेका छन्। म्युजिक नेपाल अवार्ड लगातार तीन पटक जित्ने एक मात्र कलाकारका रूपमा उनले कीर्तिमान राखेका छन्।
गायक न्यौपाने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पूर्व अध्यक्ष हुन्। प्रतिष्ठानले गत वर्ष भदौ १५ गते ‘नारायण रायमाझी सांगीतिक साँझ २०८०’ आयोजना गरेको थियो। रीता थापाको कार्यकालबाट सुरु भएको यो कार्यक्रम वार्षिक रूपमा एक प्रतिष्ठित लोकदोहोरी कलाकारलाई समर्पित गरिन्छ।








जेन–जी आन्दोलन: आइजिपी कार्कीसँग बयान, अब ओली र लेखकको पालो
विद्युत् प्राधिकरणमा शाक्यको ‘कमब्याक’, सिलवालको नियुक्ति बदर
कास्की–३ : कांग्रेसको टिकटका लागि २९ जनाको दौडधुप, प्रत्यक्षमा मात्रै १६ आकांक्षी
फागुन २० सम्म १८ वर्ष पुग्नेले मतदान गर्न पाउने, २६ गतेसम्म त्रुटि सच्याउने मौका
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया