पर्वतीय संग्रहालय प्रवर्द्धनको प्रयास

गण्डकी ।
पोखराका पर्यटक पथप्रदर्शकले पोखरा महानगरपालिका–१७ रातो पहिरोस्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयको प्रवर्द्धनमा सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् । मंगलबार संग्रहालयका पदाधिकारीसहित सरोकार भएका पक्षबीचको छलफलमा संग्रहालयलाई पोखरा भ्रमणका मुख्य गन्तव्यमा समेट्नुपर्नेमा जोड दिइएको थियो ।
पोखरा सिटी टुर गाइड एशोसियशनमा आवद्ध पथप्रदर्शकहरु सहभागी कार्यक्रममा गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयका सचिव कुमानसिंह गुरुङले पर्वतीय संग्रहालय पोखराको आकर्षक मानवनिर्मित पर्यटकीय गन्तव्य भएको बताए । उनले पर्वतीय संग्रहालयको विकास र प्रवर्द्धनका लागि प्रदेश सरकारले सघाउने प्रतिवद्धता जनाए । पोखरा सिटी टुर गाइड एशोसिएशनका अध्यक्ष आनन्द गुरुङले संग्रहालयका पर्यटन प्रवर्द्धनमा सहयोग गर्न आफूहरु तयार रहेको बताए ।
संग्रहालय समिति सदस्य शेषकान्त शर्माले पोखरा आउने पर्यटकको रोजाइमा पर्वतीय संग्रहालय पर्ने गरेको बताए । कार्यक्रममा पोखराको पर्यटन विकास र यस क्षेत्रका सम्पदाबारे प्रस्तुतीकरण राखिएको थियो । संग्रहालयका कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपानेले स्थानीय पथप्रदर्शकहरुलाई संग्रहालयबारे जानकारी दिन र भावी रणनीति बनाउन कार्यक्रम राखिएको बताइन् ।









ध्रुव माविको वार्षिकोत्सव
जल्धारे सहकारीको स्थापना दिवसमा २६ जना डाक्टर सम्मानित
मुलुकमा निर्वाचनको वातावरण बनेको छः सञ्चारमन्त्री खरेल
मेला महोत्सवमा आकर्षण बन्दै ‘झाँक्री नाच’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया