शिद्धेश्वर योग ध्यान दोस्रो वर्षमा
समाधान संवाददाता
२०८१ चैत १ गते १७:०८

लेखनाथ । पोखरा महानगरपालिका वडा नं २६ को सक्नेरीमा रहेको शिद्धेश्वर योग ध्यान केन्द्रले शुक्रबार प्रथम स्थापना दिवस मनाएको छ । कार्यक्रममा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले योग र ध्यानले शरीर र मनलाई मिलाउने भएकाले नियमित रुपमा योग गर्नुपर्नेमा जोड दिए ।
योग गुरु विश्वराज अधिकारीले योग, ध्यान र साधनाले मनिसलाई निरोगी, शान्त र सुखी परिवार निर्माणमा सहयोग पु¥याउने विश्वास दिलाए । शिद्धेश्वर योग ध्यान केन्द्रकी अध्यक्ष मना बरालको अध्यक्षतामा भएको कार्यक्रममा लोक सांस्कृतिक संरक्षण समिति अध्यक्ष जगन्नाथ तिमिल्सेना र उज्ज्वल आमा समूहकी अध्यक्ष सरस्वती गौतम, केन्द्रका सहप्रशिक्षक राजेन्द्रप्रसाद रानाभाट र लोक सांस्कृतिक संरक्षण समिति सचिव कृष्णप्रसाद अधिकारीले बोलेका थिए ।
सम्बन्धित








न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया