समतामा ईश्वरमणिका कविता

पोखरा ।
पोखरेली युवा सांस्कृतिक परिवारले नियमित रुपमा गर्दै आएको कार्यक्रम ‘समता काव्य सन्ध्या’ को ३ सय ७९ औं शृंखला साहित्यकार ईश्वरमणि अधिकारीको सन्ध्या नायकत्वमा शनिबार भयो ।
कार्यक्रममा कवि तीर्थ श्रेष्ठले अधिकारीका विचार तथा चिन्तनले माझिएका कविताको स्पर्श समाथ्र्यको प्रशंसा गरे । उनले समता काव्य सन्ध्याले ३ दशक लामो यात्रामा नेपाली साहित्यले गर्व गर्ने डा अधिकारी जस्तै थुप्रै साहित्यकार जन्माइसकेकोमा खुसी व्यक्त गरे ।
सन्ध्या नायक अधिकारीले सानुसाथी, जानेहरूलाई, फरार, सम्बोधिका र साबिती शीर्षकका पाँच वटा कविता वाचन गरे । कविता लेख्नु आफ्नालागि जीवन जिउने यौटा कला तथा साधना भएको बताउँदै कवि अधिकारीले समता र पोयुसांप आफ्नालागि कविताको घर र आराधना गर्ने थलो रहेको सुनाए । उनले आफू १७ औँ सन्ध्यादेखि समतासित जोडिएको स्मरण गरे ।
यो महिना कवि वासुशशिको जन्म महिना पनि परेकाले साहित्यकार दीपक समीपले कवि वासुशशिका बारेमा संक्षिप्त जानकारी दिए । संस्थाकी सल्लाहकार सरस्वती प्रतीक्षाले कवि अधिकारी एकसाथ मष्तिस्कका दुइटै पाटा उत्तिकै सक्रिय ढंगले चलाउने अदभूत प्रतिभा भएको साहित्यकार र गणितज्ञ भएको उल्लेख गरिन् ।
कार्यक्रममा सरस्वती श्रेष्ठ ‘सरु’ जगन्नाथ रेग्मी, भूमिराज बस्ताकोटी, अमृत क्षेत्री, तारानाथ पराजुली, शरण आँशु, पूर्णिमा प्रतिबिम्ब, हिममाया पौडेल, अमृता पोखरेल, छन्दिका, समीप बैरागी, दीर्घराज गिरी ‘प्रियसी’ले आफ्ना रोज्जा कविता वाचन गरेका थिए ।
कार्यक्रमको अध्यक्षता संस्थाका उपाध्यक्ष अध्यक्ष लक्ष्मण थापाले गरेका थिए भने कार्यक्रममासाहित्य विभाग संयोजक केशु शर्मा र सचिव एमडी काफ्लेले पनि बोलेका थिए ।









पोखरामा सांगीतिक प्रस्तुतिसहित स्वरसम्राटको सम्झना
क्यानका महानिर्देशक अधिकारी जेल चलान, निर्देशक भण्डारीसँग ५ लाख धरौटी
सकियो ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला
संसद् विघटनविरुद्ध एमालेपछि कांग्रेस पनि सर्वोच्चमा, ८ सांसदद्वारा रिट पेस
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया